Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

यस्तो छ कथा “द भ्वाइस अफ नेपाल” 180/130 !

९ मंसिर २०७५, आईतवार २२:३५

लोकप्रिय

एस उपाध्याय – मंसिर ५, काठमाण्डौ । केही कुरा प्रस्तुत गरेर हेर्नेको, सुन्नेको र महशुस गर्नेको मन छुन सक्नु र अाहा भन्न सक्नु कुनै जोक भने हैन । कसैले भन्छन् दुनियाँमा सबैभन्दा गार्ह्रो काम भनेको कसैलाई हँसाउनु हो भने कसैले भन्छन् कसैलाई रुवाउनु हो भने कसैले अाफ्नो कथाबाट कसैलाई हल्लिने पनि मौका नदिनु हो ठान्दछन् ।

तर वास्तवमा एउटा राम्रो चलचित्र, ड्रामा, सङ्गीत अथवा शो कस्तो शोलाई भनिन्छ; मन परेर धेरै हुटिङ हुने, सिटि बज्ने, रुने अथवा हाँस्या हाँसे हुने तर ठ्याक्कै कस्तो त?

लाइभमाण्डू टोलीले बिगत १ महिनादेखि एउटा यस्तै सफल शोको अति ब्यस्त प्रोडक्सन टोलीलाई नजिकबाट पछ्याइरहेको छ । हेर्दा लाग्थ्यो एउटा रोबोटिक टोली हेभीड्यूटी ब्याट्रिका साथ अाफ्नो काम सम्पन्न गर्न दौडेछ दौडेछ… कहिले क्यामेरा, कहिले लाइट, कहिले होष्ट, कहिले एडिटिङ त कहिले कोचसंग सम्बन्धित अनेकानेक गतिविधिमा अति तिब्रताका साथ १५-१८ घण्टा बितेको समय । अाँखा अगाडि अत्ति छिटो छिटो सम्पन्न हुँदैगरेको हरेक एउटा शोको तयारीले अब उपरान्त यो कभर गर्न जानु नपरोस् झै लाग्ने, सार्ह्रै अत्याउने खालको को रैछ हेर्नेहरुका लागि, सुन्नेहरुका लागि र महशुस गर्नेहरुका लागि एउटा सुपरहिट शो बनाउनु ।

लौ चिन्नुहोस् ,को हुनुहुन्छ वहाँ ?
बिरामी निर्देशकका साथ द भ्वाइस प्रोडक्सन टोली मध्यराती चकलेटको स्वादमा ।

हामी कुरा गर्दैछौं छोटो समयमा सफलताको स्वाद चाख्न सफल एउटा रियालिटी शो को प्रोडक्सन टोलीको । हामीले पछ्याएको टोली हो “The Voice of Nepal” ।

टाइटल अलि अमूर्त छ हामी सजिलो पारीदिन्छौं । “द भ्वाइस अफ नेपाल” 180/130 ! अर्थात् एउटा कार्यक्रम उत्पादन गर्दा खर्च गरेको १५-१८ घण्टाको उर्जाले शरीर कति गाल्दो हो त? हामीले पछ्याएसम्म एउटा कार्यक्रम उत्पादनका क्रममा निर्देशक, निर्मताले सामना गरेको शारीरिक असहजताका कठिन समय हो 180/130 !

सोंच्नुस् तपाईंले यस अघि भोग्नै नपरेको 180/130 को रक्तचाप अचानक राती ३ बजे भोग्नुपर्यो जुन हरेक दिनको एउटा नियमितता नै बनीदियो । एकातिर भोलीका लागि फाइनल गर्नुपर्ने शोके अन्तिम् एडिटिङको प्रेसर अर्कोतर्फ शोका कार्यकारी निर्देशक लक्ष्मण पौडेलको बढ्दो रक्तचापको स्वास्थ्य जटिलता । हामी बेला बेला झसंग हुनु बाहेक अरु केही गर्न सक्दैनथ्यौं ।

180/130 को लाइनमा अर्का क्याण्डिडेट पनि उभिए अब पालो थियो कार्यकारी निर्माता प्रल्हाद सिंह महतको । उनी पनि अघिपछि गर्दै साथ दिंदै थिए निर्देशक लक्ष्मण पौडेलको दैनिकी र स्वास्थ्य जटिलतालाई । एक पटक भयो के भने कार्यकारी निर्देशक लक्ष्मण पौडेललाई सारै असहजता भएपछि दिउँसै निर्माता महतले कुदाए नजिकैको मेडिकलमा रक्तचाप चेकजाँचका लागि । भयो के भने नजिकै कतैपनि गाडी पार्किङ थिएन र स्वास्थ्यकर्मीले दाई यता त हुन्न गाडी राख्न अहिले लान्छ ट्राफिकले भन्न थाले । निर्माता महतले भने भाई ड्राईभरको अचानक ब्ल्ड प्रेसर बढेर रोक्नुप्यो भन्देउ भन्दिए । तर नभन्दै यसो चेक गरेको निर्देशक पौडेल भन्दा १० बढी रक्तचाप कार्यकारी निर्माता कै देखियो । स्वास्थ्यकर्मीले निर्देशक पौडेललाई भने, “हजूर भन्दा त हजूरको ड्राइभरको प्रेशर बढी छ ।”

प्रेसर र तल माथी छँदैथियो हुँदा हुँदा कार्यकारी निर्माता महतको खुट्टो भाँच्चियो ३-४ दिन अघिमात्र खुट्टाको प्लाष्टर हटाइएको छ अाजभोली बैशाखीको सहारामा हिंडडूल गर्छन् उनी ।

यसरी तयार हुन्छ विश्वको नं १ रियालिटी शो को तपाईको प्रिय नेपाली संस्करण द भ्वाइस अफ नेपाल । सुपर सो का सुपर प्रड्यूसर र निर्देशकको कथा १८०/१३० अनि बल्ल अाइपुग्छ तपाईको घरघरको टेलीभिजन स्क्रिनमा । यही हो कथा “द भ्वाइस अफ नेपाल” 180/130 !

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा