
प्रयागराजको कुम्भ मेला बिशेष
२० माघ २०७५, आईतवार ०७:००
सनातन संस्कारमा कुम्भ मेला सबैभन्दा ठूलो धार्मिक भेला मानिन्छ । गंगा यमुना र सरस्वतीको पवित्र त्रिवेणीमा हुने ४८ दिन लामो यस कुम्भ मेलामा विश्व भरिबाट करोडौं सनातन दर्शनका अनुयायीहरु आउने र स्नान गर्ने चलन छ । बिशेषतः साधु, साधक, कल्पभिस, साधभीस र तिर्थालुहरुको कुम्भमा भेला हुने गर्दछ । भनिन्छ कि विश्वमै यतिका धेरै मान्छेहरु भेला भएर पनि सबैभन्दा शान्त र सालिन भींड भनेकै कुम्भ मेलाकै हुने गर्दछ ।
हरेक १२ वर्षमा ४ पटक हुने यस पवित्र मेला भारतका यि निम्न चार ठाँउमा हुने गर्दछ ।
उत्तराखण्डको हरिद्धार
मध्यप्रदेश उज्जेनको शिप्रा
महाराष्ट्रको नाशिक गोदावरी
प्रयागराजको त्रिवेणी
यसका अलावा बिगतको दशकहरुदेखि नेपालको पनि चतराधाममा जगतगुरु वालसन्त मोहनशरणले कुम्भ मेलाको अयोजना गर्न थाल्नुभएको पाइन्छ । कुम्भ मेलाको हरेक स्थानमा सूर्यका बिभिन्न दिशा र अवस्थितीको उत्सर्गका रुपमा लिइन्छ । यस मेला अवधि अत्यन्त पवित्र र पावन मानिन्छ । बिज्ञान, अध्यात्म, नक्षत्र, खगोलविधा अनि धर्म संस्कार लगायत विभिन्न सामाजिक र मानविय दृष्टिले पनि कुम्भ मेला बहुतै महत्वपूर्ण मानिन्छ । यस वर्ष पनि १५ जनवरी देखि मार्चको ४ सम्म भारतको प्रयागराजमा कुम्भ मेला आयोजना भइरहेको छ ।
कुम्भ मेलाको परिवेश
यस मेलाको परिवेश समुन्द्रमन्थन संग जोडिएको छ । प्राचिनतम दस्तावेज अनि पौराणिक कथनका अनुसार दुर्भासा रिसीले एकफेर देवहरुलाई श्राप दिन्छन् जस्ले गर्दा उनीहरुको शक्ति नाश हुन्छ । यसरी सार्मथ्य क्षीण भएपछि देवहरु शिव अनि ब्रह्माको शरणमा पुग्दछन् । शिव अनि ब्रह्माले उनीहरुलाई भगवान विष्णुको उपासना गर्ने सल्लाह दिएपछि उनीहरु भगवान विष्णुको मा पुग्दछन् । भगवान विष्णुले उनीहरुलाई आफ्नो सामथ्र्य पूनः प्राप्त गर्न क्षीर सागरलाई मन्थन गरेर अमृत प्राप्त गर्न सल्लाह दिएपछि उनीहरु समुन्द्रमन्थनको उपाय सोच्न थाल्दछन् । दैत्यहरु अधिक शक्तिशाली र देवहरु आँफैं एक्लैले मात्र त्यत्रो मन्थन गर्न नसक्ने भएपछि उनीहरुले दैत्यबलसंग पनि सहकार्य गर्ने नीधो गर्दछन् । यसरी सहकार्य गर्दा आधा अमृत दैत्यबलसंग बाँडने सहमती भएको हुन्छ ।
सुमेरु पर्वतलाई मदानी अनि वासुकी नागलाई नेथी बनाएर मन्थन गरिन्छ । समुन्द्र मन्थनमा १४ विभिन्न तत्वहरु निस्कन्छन् ।
बिष, कामधेनु गाई, सेतो घोंडा, अयरावत हात्ति, हिरा, कल्पवृक्ष, रम्भा लगायतका देवानगनस, लक्ष्मी देवी, मदिरा, चन्द्रमा, हरिधनु, अमृत र शंख । देवताहरु दैत्यहरुलाई अमर बनाउन हुन्न भन्ने पक्षमा भएकाले उनीहरुलाई अमृत नदिने षडयन्त्रमा लागि अमृतको पाला धनवन्तरी बाट ईन्द्रका छोरा जयन्तले लिएर जान्छन् । दैत्यहरुले अमृत पाउनकालागि १२ दिन र १२ रात सम्म लडाँई गर्दछन् तर दैत्यहरुले अमृत पाउदैनन् । ती १२ दिनहरु अहिलेको १२ वर्ष समान बताइन्छ र यूद्धका क्रममा पृथ्वीका ४ बिभिन्न स्थानमा अमृतको थोपा झरेको हुन्छ जुन माथि उल्लेखित ४ ठाँउहरु रहेको बताइन्छ । तसर्थ कुम्भ मेला अमृतका तिनै थोपाहरुको उपासना र असरको पवित्रताका लागि मनाउने चलन रहेको बताइन्छ । हुन पनि हो, कुम्भ भनेंको भाँडो हो र अमृत पनि यस्तै कुम्भमा निकालिएको बताइन्छ ।
बृहस्पती ग्रह एउटा तारापुञ्जबाट अर्कोमा जान ३ वर्ष लाग्ने र यसै अन्तरालमा एउटा कुम्भ मेला लाग्ने बताइन्छ । यस अवधिमा गंगामा स्नान गर्दा पापमोचन अनि पवित्रता प्राप्त हुने र अलग्गै गुरुत्ववल र सकारात्मक उर्जाको संचार हुने बताइन्छ । मुसलमानहरुको हजयात्रा, यहुदिहरुको जेरुसलेमको पवित्र भित्ताको दर्शन झैं हिन्दुहरुको कुम्भमेला महत्वपूर्ण रहेको बताइन्छ । विश्वमै कहिकतै कुम्भमेलामा झैं करोडौं तिर्थालुहरु एकैठाँउमा खोला किनारमा अध्यात्मिक भेला हुने चलन छैन् । ७ औं शताब्दीका साधु शंकराचार्य ले कुम्भ मेलालाई सर्वसाधरणका लागि पनि समान र पहुँचयोग्य बनाएको बताइन्छ, कुम्भ मेला साधु या साधक र नागा बाबाहरुको मात्र नभई अब सबैजना तिर्थालु र भक्तालुको साझा चौतारी भएको छ ।
यस वर्षको कुम्भ मेलामा भारतको प्रयागराजले समस्त हिन्दु धर्मावलम्बीहरुलाई स्वागत गरेको छ । हरेक कुम्भ मेलामा नेपालबाट पनि लाखौं तिर्थालुहरु जाने चलन छ । यस वर्षको कुम्भ मेलाको प्रताप विश्वभरि फैलियोस्, शान्ति र अमन चैनको संचार होस् ।
लाइभमाण्डु
अंग्रेजीमा पढ्नुहोस् :Kumbh Mela: World’s largest religious congregation
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा