आमा कविता
जन्म दियौ देखाइ संसार सारा
आमा तिम्रो तिर्नु छ अभिभारा
सृष्टिको भार तिमी नै उठाउछयौ
अमृत धारा तिमी नै पीयाउछयौ
तिमी नै हौ इश्वरको दोस्रो दर्जा
आमा तिमी नै हौ सृष्टि कर्ता
गर्छु आराधना साझ विहान
आमा कसरी गरु तिम्रो बयान
मायाले सुम्सुम्याउथ्यौ जब म सानो थिए
तिम्रै न्यानो काख्मा हासी खेली हुर्कीए
भुलेर दुख पीडा विर्सेर संसार सारा
आमा पीलायौ तिमीले दुधका बाईस धारा
ताते ताते गर्दै डाेर्यायौ सुमार्गतिर
आमा तिम्रो कहिल्यै झुक्न दिन्न म शीर
नौ महिना गर्भमा राखी दुख कष्ट सयौ
विघ्न बाधामा पनि आफू खुसी रहयौ
सृष्टिको सिर्जनाले धर्ती जग्मगाउछ
धन्य हुन्छिन ती आमा शीशुले जन्म पाउछ
दिएर ममता उस्तै छोरी हुन या छोरा
हे सत्य सावित्री , तिमी हौ वसुन्धरा
हिमरत्न तिमल्सिना
कालेश्वर ललितपुर