Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

अनुष्का शर्मा र साक्षी धोनीको बालापनको तस्वीर भाइरल

२० माघ २०७५, आईतवार ११:३४


भारतको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीकि श्रीमती साक्षी धोनी र बर्तमान कप्तान विराट कोहलीकी श्रीमती अनुष्का शर्माको बाल्यकालको तस्वीर अहिले इन्टरनेटमा भाइरल भएको छ । आफ्नो बाल्यकालमा साक्षी र अनुष्का साथै पढेका विधालयका साथी रहेछन् र त्यसै बिधालयमा बिधार्थीहरुको सामुहिक तस्वीरमा यि दुईजना बाल्यावस्थाका साथी साथै देखिएका छन् । एकै साथ पढेका यि २ चेलीहरुले पछि एउटै टिमबाट खेल्ने क्रिकेटरसंग बिवाह गर्नु एउटा मिठो संयोगका रुपमा बुझ्न सकिन्छ । बाल्यकालको उक्त तस्वीरमा अनुष्का घाँघरा लगाएर र साक्षी गुडिया झैं लुगा लगाएर उभिएका देखिन्छन् ।

अनुष्काले पनि आफू आसामको एउटा बिधालयमा साक्षीसंगै एउटै बिधालयमा पढेको बताएकी छिन् । धेरै पछि कुनै कार्यक्रममा अनुष्का र साक्षीको पूनः भेट हुँदा फेरि परिचय भएको अनि साक्षीले म पनि असाममा पढेको बताएकी छिन् । दुबै असाममा पढेको हुँदा अनुष्काले असाम कुन स्कूल भनेंर सोद्धा एउटै स्कूल भएको र पछि हेर्दै र बुझ्दै जाँदा एउटै कक्षाकोठाका बाल्यकालिन साथी भएको पत्ता लागेको छ ।
अहिले यि दुईजनाका तस्वीरहरु इन्टरनेटमा भाइरल भएका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए