
गण्डकी मेडिकल कलेजमा अभिभावकको तालाबन्दी
२० माघ २०७५, आईतवार २०:४०
पोखरा स्थित गण्डकी मेडिकल कलेजका बिध्यार्थी र अभिभावकहरुले मेडिकल कलेजमा माघ १७ गते बिहिबारबाट तालाबन्दी गरेका छन् । उनीहरुका अनुसार कलेजले चाहिनेभन्दा धेरै अतिरिक्त शुल्क लिएको बताइएको छ ।
बिध्यार्थीहरुको आरोपमा कलेजले चाहिनेभन्दा धेरै अतिरिक्त शुल्क लिएको मात्र नभई त्यस शुल्कको कुनै बिलबिजकसम्म नदिएको जनाएका छन् । बिध्यार्र्थीहरु ति सम्पूर्ण बिल पनि पाउनुपर्ने मागका साथ आन्दोलनमा उत्रिएको जनाइएको छ ।
एकजना मेडिकल कलेजका बिध्यार्थीले नाम नबताउने शर्तमा कलेजले यस्ता शुल्कहरु नतिरेमा फेल पनि हुन सक्ने भनी बताएर शुल्क लिएको र आर्थिक शोषण गरेको बताए । सरकारले एमबीबीएस कोर्समा अधिकतम ४२ लाखसम्म लिन पाउने निर्णय मन्त्रीपरिषदबाट पास गराएपनि कलेजले वार्षिक ३ लाखसम्म अतिरिक्त शुल्क लिएको बताइन्छ । यस हिसाबमा गण्डकी मेडिकल कलेजले प्रतिमहिना बिध्याथीहरुसंग औसत २५ हजार शुल्क अतिरिक्त तिर्नुपरेको देखिन्छ जुन निकै धेरै हो । यसो हुँदा बिध्याथीले ५ वर्षको कोर्समा १५ लाख अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ जसले ४२ लाखको सरकारी शुल्क सिमालाई ५५ लाखभन्दा धेरै देखिन्छ ।
अभिभावकहरु मिलेर प्रशासन कार्यलयमा पनि मुद्धा जाहेर गरेका छन् । यसअघिको पनि यहि बिषयको आन्दोलनमा ३ बुँदे सहमती भएको थियो ।
यस्ता अतिरिक्त शुल्कमा इन्टरर्नशीप शुल्क, बार्षिक शुल्क, रजिष्टर शुल्क, शैक्षिक कर र सेकुरिटि डिपोजीट लगायत रहेका छन् ।
कलेजका अध्यक्ष खुमा अर्यालले भनें यो कलेजको साख गिराउने षडयन्त्र भएको बताएका छन् तथापी सत्यतथ्य आउन र दोषीलाई कारवाही हुन यथाशिघ्र जरुरी देखिन्छ ।
चिकित्सा शास्त्र बिधेयक अनि डाक्टर केसीको अनसनको अन्त्य भएको ताका यसरी मुलुककै नाम चलेको मेडिकल कलेजमा भएको यो तालाबन्धी र आर्थिक शोषणका सवालहरु छानविन हुन जरुरी देखिन्छ । अन्य मेडिकल कलेजका प्रावधान अनि ब्यबस्थापनमा पनि यस्ता कुराहरु रहेको या नरहेको छानवीन गर्न जरुरी छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै