Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

एमबीबीएस पढ्न चीन र बगंलादेश जानेका लागि नयाँ नियम

२१ माघ २०७५, सोमबार १७:३९


पछिल्लो समयमा एनएमसीएलाई लाइसेन्स जाँचमा मुश्किलले ३० प्रतिशत पनि बिधार्थी उतिर्ण नभएपछि नेपाल मेडिकल काउन्सील बिदेशबाट एमबीबीयस पढेर आएका बिधार्थीहरुको हकमा संवेदनशील भएको पाइएको छ ।
चीनमा भाषा कठिनाई अनि बंगलादेशका प्राइभेट मेडिकल कलेजमा बिधार्थीको अध्ययन अध्यापनमा कठिनाई भएको नेपाल मेडिकल काउन्सीलको ठम्याई छ ।

अब नेपाल मेडिकल मेडिकल काउन्सीलले चीन अध्यनार्थ जाने बिधार्थीलाई चिनियाँ भाषा जानेर मात्र जानु पर्ने र चिनियाँ भाषामै अध्ययन गर्नुपर्ने प्रावधान ल्याएको छ । चिनियाँहरुले अंग्रेजी बिषयमा सहज अध्यापन गराउन नसक्ने भएकाले भाषगत कठिनाईले नेपाली बिधार्थीको अध्ययनस्तर खस्किएको ठहर काउन्सीलको छ ।

उता बंगलादेशको हकमा भनें केवल सरकारी कलेजहरुमा मात्र नेपाली बिधार्थीलाई एमबीबीएस अनुमती दिने काउन्सीलको निर्णयमा उल्लेख छ । यस बिषयमा काउन्सीलले ४५ दिनअगावै शिक्षा मन्त्रालयलाई परिपत्र पठाएपनि त्यसको जवाफ काउन्सीलले नपाएको बताइन्छ । बगंलादेशमा २५ वटा सरकारी कलेज भएतापनि १०० भन्दा बढि निजी कलेज रहेको तथ्याकं छ र अहिले त्यहाँको मेडिकल काउन्सीलले ३ दर्जन बढि निजी कलेजलाई कालोसूचीमा राखेको बताइएको छ । अहिले ति कालोसूचीकै प्राइभेट बंगलादेशी कलेजमा ६ देखि ७ सय नेपाली फसेको हुनसक्ने संभावना छ । लाइसेन्स परीक्षामा पनि चीन र बगंलादेशबाट फर्केका बिधार्थीहरुको अनुतिर्ण हुने दर धेरै पाइएको छ । तथापी नेपालबाट बिदेश एमबीबीएस पढ्न जाने बिधार्थीहरुको प्रमुख रोजाईमा चीन र बंगलादेश नै परेको देखिन्छ ।
यो नयाँ मापदण्ड कार्यान्वयन कतिको सहज हुनेछ या हुँदैन हेर्न बाँकी छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग