क्रिस्टियानो रोनाल्डोको जन्मदिन


बहुतै चर्चामा हरेका फुटवलका यि जादुगर क्रिस्टियानोको नेपालमा पनि निकै फ्यान फलो गर्नेहरु छन् । हरेक वर्षको फेब्रुअरी महिनाको ५ तारिख यिनको जन्मदिन पर्दछ । पोर्चुगलका नागरीक यिनको पुरा नाम सान्तोष एभरिरो गोय कम हो र यिनको जन्म सन् १९८५ को फेब्रुअरी ५ मा भएको हो । आज यिनको ३४ औं जन्मदिन हो । पोर्चुगलको मडिरा टापुमा जन्मिएका यिनलाई १५ वर्षको उमेरमा मुटुको धड्कन अत्याधिक बढ्ने समस्या देखा परेको बताइन्छ । मडिरामा अहिलेपनि रोनाल्डोको पूर्णकदको प्रतिमा राखिएको छ । मुटुको समस्या देखिएपछि यिनको मुटुको शल्यक्रिया गरिएको बताइन्छ, त्यपछि रोनाल्डोको फुटवलको कलाले पछाडि फकर्रे हेर्न परेन् । १८ वर्षको उमेरमा सन् २००३ मा यिनी प्रतिष्ठित क्लब मेनचेष्टर यूनाइटेडमा जोडिन पुगे । सन् २००९ मा सम्म त यिनी विश्वकै सबैभन्दा महँगा फुटबल खेलाडि भइसकेका थिए ।

रोनाल्डोका पिता सरकारी बगैंचाका माली रहेको बताइन्छ । यिनको दोश्रो नाम रोनाल्डो चाँही अमेरिकी राष्ट्रपती रोनाल्ड रेगनको नामबाट साभार भएर हजुरआमाले मायाले बोलाउन थालेपछि रहन गएको बताइन्छ । उनी २००३ देखि २००७ सम्म मेनचचेष्टर यूनाइटेडमा अनि २००९ देखि २०१३ सम्म रियल मेड्रिडमा खेलेका थिए । यसवर्षको फिफा विश्वकपमा भनें आफ्नो देशलाई फाइनलसम्म लैजान नसक्नु रोनाल्डोको लागि एउटा बिस्मात मानिएको छ किनभनें यो यिनको खेल जीवनको अन्तिम विश्वकप थियो । अर्को विश्वकपमा यिनी खेलाडीका रुपमा समावेश हुने छैनन् ।

यिनलाई भर्साटाइल एटाकरका रुपमा चिनिन्छ, यिनका अदभूत गोलका उदहारणहरु विश्वमै प्रचलित छन् । अहिले त झन भिडियोको समयमा रोनाल्डोका हरेक गोल अनि मुभका भिडियोहरु फुटवल प्रेमीका लागि उत्प्रेरणा झैं भएका छन् ।पोर्चुगल राष्ट्रिय टिमका कप्तान अनि अहिले इटालियन क्लब जुभेन्टसका अग्रपंक्तिका खेलाडी यिनको यूरोपमा प्रतिष्ठित बेलो डि आर अवार्ड ५ पटक पाएको रेकर्ड छ भनें यूरोपियन गोल्डेन बुटको ४ पटकको हात पार्ने रेकर्ड पनि रोनाल्डो कै मात्र छ । सन् २००७ मा यिनको अटोवायोग्राफी प्रकाशन भएको छ भनें इन्जिन आयल कम्पनी क्यास्ट्रोलले यिनको जीवनमा आधारित चलचित्र प्रयोजन गरेको बताइन्छ । यिनका ४ जना सन्तान छन् ।

जन्मदिनको शुभकामना रोनाल्डो

लाइभमाण्डु


Loading comments...