
फेसबुकका १५ वर्षहरु
२२ माघ २०७५, मंगलवार १५:१८
फेब्रुअरी ४ मा फेसबुकले आफ्नो जन्मदिन मनाउँछ। यसहिसाबमा यसवर्षको फेब्रुअरी ४ मा फेसबुकले १५ औं जन्मदिन मनाएको छ ।
यसका सन्चालक मार्क जुकरवर्गले सन् २००४ मा हरभर्ड विश्वविधालय अध्ययन गर्न थाल्नुअघि फेसबुक एउटा कलेजको सामान्य पर्चा जस्तो थियो जसमा विधार्थीहरुको नाम र अनुहार छापिएको हुन्थ्यो । तर पछि यसै उपाय र विचारलाई प्रविधीमार्फत मार्क र उन्को समुहले विश्वभरि छरिदिए । आजको यस समयमा फेसबुकले विश्वमा समबन्धलाई पूर्नपरिभाषित गरिदिएको छ । आज त मान्छेले फेसबुकमा देखेर मात्र भौतिक रुपमा भेट्न नै छाडिसकेका छन् ।
आजको फेसबुकले अहिलेसम्म धेरै परिवर्तन, आरोह अवरोह पार गरेको छ । १५ वर्षअघि फेुसबुक यस्तो थिएन जस्तो आज छ । समयसमयमा फेसबुकले आफ्नो स्वरुप र संरचनामा परिवर्तन गर्दै आएको छ ।
हेर्नुहोस् १५ वर्ष अघि आजको दिनमा फेसबुक कस्तो देखिन्थ्यो ।
शुरुमा फेसबुक द फेसबुक थियो तर पछि जुकरवर्गका सहयात्री र लगानीकर्ता समेत रहेका सीन पार्करको सुझावमा द हटाइयो र केवल फेसबुक हुन गयो ।
सन् २००५ को फेसबुक यस्तो थियो ।
नेपाल लगायत विश्वमा त्यतीवेला हाइफाइभ लगायतका अन्य केहि सामाजिक सञ्जालहरु चलनमा थिए । याहु मेसेन्जरबाट कुराकानी गर्ने अनि च्याटरुमहरु, एमएसएन मेसेन्जर चलिरहेको बेलामा फेसबुकले विश्वमा नै एउटा क्रान्ति ल्याइदियो ।
आज विश्वमा करिब २ अरब मान्छे फेसबुकमा छन् । फेसबुकलाई जन्मदिनको शुभकामना । अडियो, भिडियो हुँदै अब ३६० फोटो अनि भविष्यमा अन्य थुप्रै फिचरहरु फेसबुकले थप्दै जाओस् अनि हाम्रा छोरानातीको पाला सम्म यो फेसबुक देख्न पाइयोस्, ह्याप्पी बर्थडे फेसबुक ।
लाइभमाण्डु
अंग्रेजीमा पढ्नुहोस् : Facebook Timelines
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग