Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

राजधानीमा “दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९”

२२ माघ २०७५, मंगलवार १६:३७


चलचित्रहरु समाजका ऐना हुन् र यिनीहरुमा समाजको चित्र देखिन्छ । कुनै पनि देश या समाजको प्रतिबिम्बलाई त्यहाँको चलचित्रले जनाउने गर्दछ अनि आज भोली चलचित्र त झन पर्यटनसंग पनि जोडिन पुगेको छ । यिनै कुराहरुलाई आत्मसाथगर्दै नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले चलचित्रको पहिचान र स्थापनाको लागि आगामी फागुन ९ देखि १३ गतेसम्म राजधानीमा ‘दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ आयोजना हुने भएको छ ।

नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु देखाइने महोत्सवमा नेपालका ६ वटा फिचर र १० सर्ट फिल्म गरी १६ देखाइने छ । विदेशी फिल्महरुमध्ये ३१ सर्ट फिल्म र ६ वटा फिचर फिल्म प्रदर्शन हुनेछन् । कथा वाचन प्रतियोगिता समेत रहेको महोत्सवमा प्रदर्शन भएका मध्ये एक उत्कृष्ट फिचर फिल्म एक हजार अमेरिकी डलरसहित पुरस्कृत हुनेछ । साथै छोटो फिल्मतर्फ उत्कृष्ट फिल्मले पाँच सय अमेरिकी डलर पाउने छ । नेपाली फिल्मका लागि उत्कृष्ट निर्देशक तथा लेखकका लागि पनि अवार्ड दिइने बताइएको छ ।

महोत्सवको निर्णायक संयोजकको रूपमा कलाकार नीर शाह छन्, भने सदस्यहरुमा निर्देशक नवीन सुब्बा, चिनियाँ निर्देशक प्रा.डा. लियान क्यो, भारतीय फिल्म लेखक प्रेमेन्द मजुमदार, स्विट्जरल्यान्डकी फिल्म प्राध्यापक तथा फोर्ट नाइट फिल्म सेक्सनका सदस्य आनी दिलसेथ रहेका छन् । ‘नेपालमा बेलाबेलामा आयोजना भएका महोत्सवले मूल धारमा निर्माण भएका चलचित्रलाई खासै स्थान दिएका छैन’ आयोजक संस्थाका अध्यक्ष केपी पाठकले भने ‘हामी त्यस्ता चलचित्रका लागि ठाउँ बनाउन लागि परेका छौ ।’ सिक्न, सिकाउन, हेर्न र देखाउन महोत्सव आयोजन गर्न लागिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै