Ko_Bancha_Crorepati_Episode_19122

अरुलाई करोडपति बनाउने हमाल कति कमाउँछन को बन्छ करोडपतिबाट ?


राजेश हमाल सदाबहार नायक रहे । हाल उनले सञ्चालन गरेको टिभि शो को बन्छ करोडपति चर्चामा छ । त्यतिकै चर्चामा छन् यसका सञ्चालक राजेश हमाल । डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको who wants to be a millionaire प्रशारणमा ल्याउंने नेपाल १ सय ६१ औ देश भएको छ ।

वेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा शुरु भएको who wants to be millionaire कार्यक्रम भारतमा मात्रै ४ वटा भाषामा प्रशारण हुने गर्दछ । नायक अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपति नेपालमा पनि त्यतिनै हेरिने कार्यक्रममा पर्छ जति भारतमा हेरिन्छ । को बन्छ करोडपति कार्यक्रमको दर्ता शुरु हुनुअघि नै यसलाई मोवाइलमा एप डाउनलोड गरेर टेलिभिजनमा जस्तै खेल्न सकिने बनाइएको थियो । को बन्छ करोडपतिको मोवाइल एप मोवाइलको एप स्टोरमा गएर केविसि नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ । मोवाइल एपमा को बन्छ करोडपति खेल खेल्न सकिन्छ । बौद्धिक खेल भएकोले यो खेललाई धेरैले मन पराएका छन् ।

माघ १९ गते पहिलो एपिसोड एपिवन टेलिभिजनबाट प्रसारण भएको हो । कोकाकोलाको मुख्य प्रायोजन रहेको खेल कार्यक्रम सामन्य ज्ञानमा रुचि राख्ने दर्शकहरुले लामो समयदेखि प्रतीक्षा गरेका थिए । आगामी हप्तादेखि भने कार्यक्रम हप्ताको तीन दिन प्रसारण हुने भएको छ । शनिबार, आइतबार र सोमबार साँझ ८ः३० बजे दर्शकहरुले विश्वप्रसिद्ध गेम शोको आनन्द लिन सक्नेछन् । पहिलो एपिसोड युट्युबमा सार्वजनिक भएकैदिन लाखौँ दर्शकले हेरेका छन भने उत्साहजनक प्रतिकृया दिएका छन् ।

कार्यक्रममा सञ्चालक महानायक राजेश हमाललाई फरक रुपमा प्रस्तुत गरिएको छ । कार्यक्रमको सेट र प्र्स्तोता बारे सुप्रसिद्ध भारतीय पत्रिका ‘टाइम्स अफ इण्डिया’ देखि धेरैले महत्वका साथ चर्चा गरेका छन् । दर्शकहरुले ज्ञानसँगै मनोरञ्जन पनि प्राप्त गर्ने यो कार्यक्रम एसआरबिएन मिडियाले एपी वन टेलिभिजनको सहकार्यमा भित्र्याएको हो । पहिलो एपिसोडमा दर्शकले महानायकले कवितात्मक शैलिमा कार्यक्रमको भुमीका बाँधेको धेरै मन पराएका छन् । यसैबीच पहिलो एपिसोड प्रसारण भएपछि हमालको बमाइबारे चासो बढेको छ । हेर्नुहोस् पहिलो एपिसोडः

https://www.youtube.com/watch?v=0XSAOu1KpAY&t=1845s

राजेश दाईको कमाइ कति ?
अरुलाइ करोडपति बनाउने हमाल आफै भने उक्त शो बाट कति कमाउँछन सर्वत्र चासो छ। यै सम्बन्धमा महानायकले मुख खोलेका छन् । एक साप्ताहिक राष्ट्रिय पत्रिकालाइ अन्तरवार्ता दिँदे उनले आफ्नो कमाइबारे भने स्पष्ट भनेनन्।

एक दिन पनि फुर्सद छैन, हमाल भन्छन्, ‘विदेश भएका बेला उतै व्यस्त भइन्छ, नेपालमा भएका बेला भेटघाट र देशविदेशका उच्च पदस्थका व्यक्तिहरूसँगको मिटिङले फुर्सद हुँदैन ।’ उनले हालसालै मात्र को बन्छ करोडपतिको सुरुवाति एपिसोडकोको छायांकन सम्पन्न गरेका छन् ।

मिलेको अनुहार, राम्रो हाइट–जीउडाल, त्यसमाथि लोभलाग्दो हाँसोका कारण धेरैलाई दिवाना बनाएका हमाल भारतमा सर्वाधिक लोकप्रिय शो कौन बनेका करोडपतिको नेपाली फ्रेन्चाइजमा अभिताम बच्चनकै जस्तो भूमिका निर्वाह गर्दैछन् । यो शोबाट अभिनेता हमाल नेपालीहरूलाई करोडपति बनाउँदैछन् । उनले राम्रै पारिश्रमिक लिएर यो कार्यक्रमको होस्ट गरेका हुन् ।

करोडपति कार्यक्रम सञ्चालन गरेबापत कति लिएका छन् त हमालले ? लामो हाँसोका साथ राजेश भन्छन्, ‘यो शोबाट मैले पनि करोडौं रकम लिएको त होइन, तर आयोजकले मलाई अपेक्षा गरेजस्तै राम्रो पारिश्रमिक दिनुभएको छ ।’ झन्डै तीन दशक चलचित्र क्षेत्रमा क्रियाशिल हमालले अहिलेसम्म ३ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।


Loading comments...