बृहत कर्णाली प्रदर्शनीरएक्सपो


आदरणीय पत्रकार मित्रहरु,
कर्णाली एउटा क्षेत्र मात्र नभएर सभ्यता हो भन्ने मर्मका साथ कर्णालीको गर्वीलो इतिहास, कला–संस्कृति, अत्यन्तै पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र सम्मुन्नतिलाई स्पष्ट संकेत गर्ने सम्भावनाका स्रोतहरुको प्रदर्शनी गर्ने उद्देश्य सहित यहि फागुन ३, ४ र ५ गते समृद्ध कर्णाली अभियानको मुख्य आयोजना र नेपाल पर्यटन बोर्डको मुख्य प्रवर्दनमा भृकुटीमण्डपमा “बृहत कर्णाली प्रदर्शनीरएक्सपो”  को आयोजना हुन गईरहेको छ , उक्त प्रदर्शनीरएक्सपोको बारेमा जानकारीका साथै यहाँहरुको संचारमाध्यम मार्फत आम(जनसमुदायमा सूचना सम्प्रेषण गर्नका लागि निम्न लिखित स्थान र समयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ

मिति : २०७५ माघ २३ गते
समय : बिहान ठिक ११ बजे
स्थान : नेपाल पर्यटन बोर्ड

सम्पर्क : 9860405041, 9851225222

(नोट: कार्यक्रम पछि कर्णालीको अर्गानिक फापरको केक र चियाको व्यवस्था गरिएको छ )


Loading comments...