
के होला त आमिर खानको ‘गजनी– २’ मा ?
२३ माघ २०७५, बुधबार १४:०१
ए.आर. मुरुगाडोस द्वारा निर्देशित एवं निर्मित 2008 हिन्दी फिल्म ‘गजनी’ सय करोड क्लबमा सामेल हुने पहिलो बलिउड फिल्म बनेको थियो। अमिर खान मुख्य भूमिकामा निभाएको यो फिल्ममा जिया खान, प्रदीप रावत र रियाज़ खान सहायक भूमिकामा थिए । आमिरले लगातार एक वर्ष आफ्नो निजी जिममा प्रसिक्षण गरि एट प्याक एब्स बनाएका थिए। त्यसपछि बलिउडमा यसरी बडी बनाउने हिरोहरुको लहर नै चलेको थियो।
‘गजनी’ सय करोड क्लबमा सामेल हुने पहिलो बलिउड फिल्म बनेको थियो। एआर मुरुगदासद्वारा निर्देशित ‘गजनी’ दक्षिण भारतीय फिल्मको रिमेक थियो। अब ‘गजनी’ को सिक्वेल ‘गजनी– २’ बन्ने पक्का भएको छ। यसकाे हिराे पनि आमिर नै हुनेछन्। फिल्मको टाइटल पनि दर्ता भइसकेको छ। निर्माता गीता आर्ट्सले टाइटल दर्ता गराएको हो।
आमिरले गजनीको सिक्वेल गर्ने तय भएपछि बलिउडमा यसको चर्चा चुलिएको छ। ‘थग्स अफ हिन्दुस्तान’ असफल भएपछि आमिर निकै दुःखी भएका छन् र उनी गजनी– २ मार्फत सानदार कमव्याक गर्न चाहन्छन्। फिल्ममा आफ्नो भूमिका निभाउनको लागी धेरै नै मिहेनत गर्ने अमिर ‘गजनी– २’को लागी दर्शकहरुले निकै नै आशा राखेको छन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए