शिवपुराणमा पशुपतीको महत्व


पशुपतीनाथ विश्वभरिका सनातन संस्कार अबलम्वन गर्ने हिन्दुहरुका आराध्यदेव हुनुहन्छ । अंग्रेजीमा प्रि हिस्टोरिक भनिन्छ अर्थात इतिहास भन्दा पहिलेदेखि नै पशुपतीनाथको उपस्थिती पाइन्छ । चाहे किराँत हुन् या महिशपाल या गोपाल वशं तर पशुपतीनाथ प्रतिको कृतज्ञता र सद्भाव सदा सर्वदा नेपालीभूमिका शाषक र जनताले पाएका छन् । आज आराध्यदेव पशुपतीनाथ संग समबन्धीत श्लोकहरु शिवपुराण बाट । शिव पुराण ११ को कोटि रुद्र संहिता, पशुपतिनाथ लिगं

नयपालाख्यां तु प्रसिद्धायां महितले ।
लिङ्ग पशुपतिशाख्यं सर्वकामफलप्रदम् ।।
शिरोभाग स्वरुपेण शिवलिङ्गं तदस्ति हि ।
तत्कथां वर्णयिष्यामि केदारेश्वरवर्णने ।।

अर्थ :
नेपालमा पशुपतिका नाममा एउटा शिवलिगं स्थापना भएको छ जसमा हरेक चाहना पूर्ण गरिदिने शक्ति छ । लिगंको स्वरुप शिरको जस्तो छ र यस शिवलिगंको महिमा केदारनाथको महिमासंगै अनन्तकालसम्म हुनेछ ।

शिव पुराण ९ को कोटि रुद्र संहिता, केदारेश्वर वर्णन
तद्दिनं हि समारभ्य केदारेश्वर एव च ।
पूजितो येन भक्त्या वै दुःख स्वपनेऽपि दुर्लभम् ।।
यो वै हि पाण्डवान्दृष्ट्वा माहिषं रुपमास्थित ।
मायामास्थाय तत्रैव पालायनपरोऽभवत् ।।
धृतश्च पाण्डवैस्तत्र ह्यवाङ्मुखतया स्थित ।
पुच्छं चैव धृतं तैस्तु प्रर्थितश्च पुनः पुनः ।।
तद्रुपेण स्थितस्तत्र भक्तवत्सलनामभाक् ।
नयपाले शिरोभागो गतस्द्रुपतः स्थितः ।।

अर्थात: केदारेश्वरको दर्शन अनि भक्ति गर्ने हरुले सपनामा पनि दु:खको सामना गर्नुपर्ने छैन् । महाभारत कालमा पाण्डवहरुले केदारेश्वरलाई देखेपछि केदारेश्वर शिव स्वरुपले आफ्नो शक्तिले भैंसीको स्वरुप धारण गरेर भागेको र पाण्डवहरुले भैंसी स्वरुप शिवलाई पुच्छरमा समातेर प्रार्थना र दर्शन याचना गरेको भनिन्छ । यसोगर्दा शिवले आफुलाई त्यही त्यसै स्वरुपमा स्थापीत गरेको र शिर भनें नेपाल पशुपतिनाथमा उत्पन्न भएको हो । नेपालको पशुपतिनाथ शिवलिगंको बिशेषताहरु के हो भनें यसमा पाँचवटा शिर रहेको छ । पूर्विय तर्फ तत्पुरुष, उत्तर तर्फ अर्धनारीश्वर या भामदेव, पश्चिमतर्फ सद्योजता अनि दक्षिणतर्फ अघोर मानिन्छ । माथितर्फको स्वरुप भनें निराकार स्वरुप मानिन्छ ।

शिवका सम्पूर्ण स्वरुपका अभिभावक स्वरुप पशुपतिनाथ नै हुन्, केदारनाथ ज्योतिलिगंलाई द्वादेश ज्योतिलिगं भनिन्छ जसको अर्को अनि महत्वपूर्ण शिर खण्ड पशुपतिनाथ हुन् ।

हुन त शिरखण्डका बिषयमा बिवाद पनि छ धेरैजनाको मतमा शिरखण्ड भक्तपुरको डोलेश्वर महादेव भएको तर्क पनि छ । शालिग्रामको भूमिमा पशुपतीनाथको कृपा शदैव कायम होस् ।

जय शम्भु
लाइभमाण्डु


Loading comments...