
टन्सिलको घरेलु उपचार
२३ माघ २०७५, बुधबार १६:३२
धुलो-धूँवा छ । चिसो छ । त्यसमाथि चिल्लो-पिरो खानेकुरा । टन्सिलको लागि यत्ति नै काफी छ । हामीलाई थाहै छ, यो घाँटीको समस्या हो । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ । त्यो भन्दा अर्को कठिनाइ हो, टन्सिलाइटिस ग्रन्थीमार्फत हानिकारक ब्याक्टेरिया शरीरभित्र पुग्छ ।

वास्तवमा यो त्यस्तो ग्रन्थी हो, जसले सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा गर्छ । मुखबाट शरीरमा जाने ब्याक्टेरिया रोक्ने काम यसले गर्छ । तर, जब यो ग्रन्थी नै संक्रमित हुन्छ भने, त्यसले शरीरमा कति जटिल समस्या निम्त्याउँछ ?
अक्सर, हामीलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल भएपछि ज्वरो आउँछ, काम गर्न जाँगर चल्दैन । सामान्य दिनचर्या नै प्रभावित हुन्छ । अतः हामी यसको बिरुद्ध एन्टिबायोटिक चलाइदिन्छौं ।
असहज अवस्थामा एन्टिबायोटिक लिनु ठिकै होला । तर, संभव भएसम्म यस्तो औषधी सेवन गर्नु हुँदैन । किनभने, यसले एउटा रोगलाई निको बनाउँछ, तर अर्को अंगलाई भने अतिरिक्त भार दिइरहेको हुन्छ । त्यसैले सकेसम्म प्राकृतिक विधीबाटै यसको उपचार खोज्नुपर्छ ।
नुन मिश्रति तातो पानीले कुल्ला गर्ने
टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने । र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।
बेसार पानी खाने
बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं ।
बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ ।
तुलसी चपाउने
तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ ।
मह र दालचिनी
दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लािग अलिकति दालचिनी पिस्नुस । त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।
हर्बल चिया
हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ । यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ । हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ ।
यसो चाहिं नगरौं
टन्सिलको समस्या प्राय औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिल भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ । यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा