
भ्यालेन्टाइन महिनाका लागि १५ वटा प्रेमील सन्देशहरु
२४ माघ २०७५, बिहीबार १०:१२
मायामा शब्दको बिशेष महिना हुन्छ । यो फेब्रुअरी महिना, भ्यालेन्टाईन डे अनि आसपासका रोज डे, चकलेट डे लगायत अन्य बिभिन्न दिवसहरुको संगालोमा यो महिना अनि मायाको मीठो अभिब्यक्तिको विशेष समबन्ध पाईन्छ । माया अभिव्यक्त गर्न चाहनुहुन्छ भनें तपाईले आफ्नो मायालुलाई भन्नैपर्ने १५ वटा प्रेमील सन्देशहरु आज प्रस्तुत गर्न चाह्यौं, लाइभमाण्डुमा ।
अहिलेसम्म भेटिएका मध्य सबैभन्दा रोमान्टीक वाक्याशंहरु , केवल तपाई अनि तपाईको प्रेमका लागी । आउनुहोस्, मायाका यी भावहरुमा डुबुल्कि खेलौ ।
१, अनि तिम्रो त्यो मधुर मुस्कानमा मैले यी ताराहरु भन्दा पनि गज्जबको चमक पाउँछु ।
२, मायामा पर्नु एउटा कुरा हो, कसैको माया पाउनु अर्को कुरा हो अनि माया प्रतिको यो दायित्वलेनै कसैलाई पक्का मायालु बनाँउदछ ।
३, अहिलेको यो पलमा जत्ति धेरै माया मैले तिमीलाई पहिले कहिले गरेको छैन अनि यो पलभन्दा रत्तिभर पनि कम माया म तिमीलाई भविष्यमा कहिल्यै गर्नेछैन, मेरो माया शुक्लपक्षको चन्द्र जस्तै सँधै तिम्रालागी बढिनै रहने छ ।
४, कहिलेकाँही तिमी र म साथ हुँदा, म आफूले आफूलाई देख्दिन, तिमी अनि तिमी भित्रको म मात्र देख्दछु ।
५, म तिमीलाई माया गर्दछु अनि याद राख यी मेरा माया कसैले लैजान सक्नेछैन् , हाम्रो माया अमर छ ।
६, चाहे जत्तिनै पर म भए पनि, अनि परदेश नै म गए पनि, मलाई तिमीसम्म फर्केर आउने बाटो याद रहेको छ, तिमी मेरो जिवन वृतको केन्द्रबिन्दु हौ ।
७, म तिमीलाई माया गर्दछु अनि तिमीलाई गुमाउने बारे म सोच्न पनि सक्दिन किनभने तिमीलाई भेटे पछी त मेरो जिवनमा राम्रा दिनहरु आएका हुन्, हैन र ? रगंहरु विनाको मेरो सादा जिवनमा तिमी आएपछी त रंगहरु थपिएका हुन्, अब त एक्लोपना सित मैले झगडानै गरिसके, याद नै सहि, मनमा तिमी छौ, मात्र तिमी ।
८, तिमीले के गर्यौ ? या हामीबिच के भयो अनि तिमीले मलाई दिएका पिडाहरुनै सहि ? मलाई वास्ता छैन, कसम खान्छु, जबसम्म बाँच्नेछु, तिमीलाई नै माया गर्नेछु ।
९, म तिमीलाई माया गर्छु किनभने तिमी पनि म जस्तै त छौ, हामी एअर्काकै लागी बनिएका हौ ।
१०, एउटा मोटो बच्चाले केक मनपराएकोजस्तै म तिमीलाई मनपराउछु, के हामीले बिताएका क्षणहरु केक को स्वाद भन्दा कम मिठा छन् र ?
११, मरेपछी पनि जिवन हुन्छ भन्दैथिए, म त त्यो जिवनमा पनि तिमीलाई नै माया गर्ने छु ।
१२, स्वार्थी मायामा मायालुहरु भन्ने गर्दछन कि म तिमीलाई चाहन्छु तसर्थ म तिमीलाई माया गर्दछु भनेर , तर मेरो माया स्वार्थी छैन्, म त भन्छु म तिमीलाई माया गर्दछु त्यसैले त म तिमीलाई चाहन्छु ।
१३, म तिमीसँग सम्पूर्ण रुपमा मायामा छु, ढिलै सहि तर आँट गरेर भन्दैछु, माया गर्छु । गाडि नहोला, घर नहोला तर मायाको छहारीमा तिमीलाई राख्नेछु । तिमी मलाई माया र विश्वाश देऊ, म तिमीलाई संसार दिनेछु ।
१४, म तिम्रा आँखामा मेरा बाँकी जिवन देख्दछु, मेरा आँखामा तिम्रा सपनाहरु छन्, आऊ सपना बाँढौ ।
म तिमीलाई छान्नेछु, छानिनैरहनेछु । मान्छेहरुको भीडमा, एक्लोपनामा अनि हरेक मोडमा, कुनै शंका बिना मेरा हृदयका धड्कनहरुमा तिमीलाई राख्नेछु अनि कुनै अवरोध विना हरेक धडकनका साथमा तिम्रा मायाका आभाषहरु म पाईनैरहनेछु ।
१५, मायाको स्पर्शसँगै हरेक हृदयहरु कवी बन्नेछन्, मेरो हरेक कविताहरु तिम्रालागी समर्पण गर्दैछु ।
माया पाउनुहोस् अनि माया बाढ्नुहोस्, बसन्तमा फूल्ने फूलहरुजस्तै रमाईलो होस् यो महिना,
संकलन अनि अनुवाद
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले