
ज्याक मा का सफलताका १० सूत्र
२४ मंसिर २०७७, बुधबार ०५:२२
“सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ ।” यो प्रेरक भनाई हो अलिबाबा डट कमका फाउण्डर तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको । उनले सफल र सुखी हुन केही सूत्रहरू प्रयोग गरेका छन् । पटक–पटक उनले आफ्ना सफलताका सूत्र सार्वजनिक गर्ने गरेका छन् । तपाईं पनि ज्याक मासँग केही सिक्ने कि ?
१. सफलताका लागि धैर्यता सबैभन्दा जरुरी चिज हो ।
२. जिन्दगी निकै छोटो छ, तर निकै सुन्दर पनि । काममा मात्रै धेरै गम्भीर नहुनुहोस्, जिन्दगीको मज्जा पनि लिनुहोस् ।
३. संसारमा पैसाको कुनै कमी छैन, कमी छ त केवल सपना देख्नेहरूको ।
४. वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुहोस् । प्रतिस्पर्धा त केवल सेवा र सिर्जनशीलतासँग गर्नुहोस् ।
५. आफू जो हो, उही बन्ने प्रयास गर्नुहोस् । तब मात्रै खुसी र सफलता मिल्छ । ‘कपिक्याट’ले तपाईं शिखर चुम्न सक्नुहुन्न ।
६. तपाईंलाई संगतका लागि इमानदार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमानदार ।
७. तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन । तपाईंले प्रयास नै गर्नुभएको छैन भने कसरी थाहा हुन्छ कि कुनै अवसर छ या छैन ?
८. कहिल्यै हार नमान्नुहोस् । किनभने, आज कठिन छ, भोलि झनै कठिन हुनेछ । तर, नआत्तिनुहोस्, पर्सि अवश्य तपाईंको दिन आउनेछ।
९. हार मान्नुभएन भने तपाईंसामु अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ । आफँैप्रति गुनासो गर्न पनि छाड्नुहुन्न ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको