Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

विश्वमा भाइरल सेल्फी

२४ माघ २०७५, बिहीबार १६:१५

लोकप्रिय

 

यो तस्वीर हामीसबैले सामाजिक सञ्जालमा देखिरहेका छौं । बिगतका हप्ताहरुदेखि सर्वत्र यो सेल्फी भाइरल छ र निकै चलेका हस्तिहरु देखि सामान्य हामीसबैले यसलाई शेयर, लाइक्स र ब्याख्या सम्म गरेका छौं । एकहुल बच्चाहरु जो हेर्दा गरिब र अभावमा बाँचेका देखिन्छन् उनीहरु करोडौं मुल्यको मुस्कानका साथ चप्पललाई मोबाइल मानेर सेल्फी खिचिरहेका देखिन्छन् । तिनीहरुको आँखाको मुस्कानले त्यो चप्पललाई पनि मोबाइलभन्दा हजारौं गुणा महत्वपूर्ण बनाइदिएको छ । लाखौंका फोन किनेर एक पित्कोसम्म हाँस्न नसक्नेहरुका लागि एउटा फाटेको चप्पल र केहि बालबालिकाले ठूलो कुरा सिकाएका छन् भन्ने तर्क धेरैको छ ।

भारतका चर्चित चलचित्र अभिनेता बोमन इरानीले ट्वीट गर्दै यो तस्वीरलाई तपाँई कति खुशी हुने कुरा तपाँई आफ्नै निर्णयमा फरक पर्दछ भनी लेखेका छन् ।


अनुपम खेर, सुनिल सेठी लगायत धेरै बलिवुडका कलाकारले यस मुस्कान सहितको बच्चाहरुको फोटो शेयर गरेका छन् ।
अमिताभ बच्चनले चाँही यो फोटोशप गरिएको हो कि भन्ने सन्देहका साथ तस्वीर शेयर गर्दा धेरैजनाले यो फोटोशप नगरिएको भनी प्राविधिक तर्कहरु राखेका छन् ।
जे होस् यो सेल्फीले खुशी रहन धनी नै बन्नुपर्छ भन्ने तर्कलाई मात दिएको छ । ल है तपाँई हामी सबै खुशी हौं ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा