Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार

राष्ट्रिय पोशाक संरक्षण महाअभियानले बैशाख १ गते प्रस्तावित राष्ट्रिय पोशाक दिवस मनाउने

२४ माघ २०७५, बिहीबार १६:५६

नेपालको इतिहास,कला ,सस्कृति तथा पहिचान संकटमा परेको बेला यसको सम्बर्द्धन र प्रवद्धन गर्ने उदेश्यले स्वतन्त्र राष्ट्रिय प्रेमी युवाहरुले राष्ट्रिय पोशाक संरक्षण महाअभियान सुरुवात गरेका हुन। पुर्खौ देखि राष्ट्रिय पोशाकको रुपमा रहेको दौरासुरुवाल,टोपी तथा गुन्यौचोलीलाई बि.स २०६८ सालमा हटाइ नेपाल भित्र रहेका सम्पुर्ण जातजातिले लगाउने पोशाक नै राष्ट्रिय पोशाक हो भन्ने निर्णय गरियो तर औपचारिक राष्ट्रिय पोशाक कुन हो भनेर तोकिएको छैन। सम्पुर्ण नेपालीहरुको पहिचान गर्ने औपचारिक राष्ट्रिय पोशाक तोकिनु पर्छ, सम्पुर्ण जातिय पोशाकको संरक्षण र प्रवद्धनका लागि पोशाक संग्रहालयको माग गर्दै बिगत लामो समय देखि अभियान चलाउदै आउनु भएको छ।

यसै क्रममा अभियानले विभिन्न कार्यक्रमहरु पनि गर्दै आइरहेको छ। पछिल्लो समयमा २०७४ को स्थानीय निवाचन पछि राष्ट्रिय पोशाकको गरिमा झनै उच्च हुँदै गएको छ।स्थानिय तहमा पनि दौरासुरुवाल,टोपी तथा गुन्यौचोली लाई जननिर्वाचित प्रतिनिधिहरुले सम्मानका साथ औपचारिक पोशाकको रुपमा लगाउन थालेका छन् । यसै अनुरुप ललितपुर जिल्लाको महान्काल गाउँपालिकाले औपचारिक पोशाकको रूपमा दौरासुरुवाल,टोपी तथा गुन्यौचोलीलाइ गाउँपालिकाको औपचारिक पोशाकका रुपमा यस अभियान सग समन्वय गरि २०७४ कार्तिक ३० गते औपचारिक घोषणा गरेको थियो। अन्य स्थानीय तहहरु सग पनि समन्वय गरि औपचारिक पोशाक घोषणाको लागि तयारी गरिरहेको अभियानको एक अभियान्ताले जानकारी दिए।उहाँको अनुसार अभियानलाइ देश ब्यापी बनाउने उदेश्यले सातै प्रदेश तथा ७७ वटा नै जिल्लाहरुमा जिल्ला स्तरीय कमिटी निर्माण कार्य तीव्रताका साथ भइरहेको।

यसै क्रममा अभियानले औपचारिक राष्ट्रिय पोशाकको माग गर्दै पुर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द,माधवकुमार नेपाल ,झलनाथ खनाल ,शेरबहादुर देउवा ,डा.बाबुराम भट्टराई साथै संघीय संसदका सभामुख कृष्ण बहादुर महरा ,राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्रीहरू रबिन्द्र अधिकारी,लालबाबु पण्डित,थम माया थापा ,राष्ट्रिय जनता पार्टि(राजपा)का अध्यक्ष दलका नेता महन्त ठाकुर ,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापा तथा बिबेकशिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्र लाई ज्ञापनपत्र बुझाइसकेको छ र नेकपाको अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सम्मानित प्रधानमन्त्री के.पि शर्मा ओलिलाइ ज्ञापनपत्र बुझाउन अभियानले तयारी गरिरहेको छ।अभियानले २०७३ बैशाख १२ गते माइतीघर मण्डलामा सरकारलाई सान्केतिक बिरोध तथा दबाब स्वरुप सालको पात लगाएर अर्धनग्न बिरोध कार्यक्रम पनि गरेको थियो।
rastriya poshak diwas

राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवसको र वीर सहिदहरुको बलिदानको सम्झनामा सहिद दिवसको पुर्वसन्ध्यामा दिप प्रज्वलन कार्यक्रम पनि अभियानले गरेको थियो।राष्ट्रिय पोशाक संरक्षण महाअभियान ललितपुर जिल्ला कमिटिको आयोजनामा ललितपुरको चापागाउ स्थित वेलकम पार्टी प्यालेसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा “औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भुमिका”बिषयक कार्यक्रम सप्पन्न भएको थियो।बिगतको बर्षहरुमा जेनवरी १ अर्थात पौष १७ गतेलाइ प्रस्तावित राष्ट्रिय पोशाक दिवस मनाउदै आएकोमा यस बर्ष देखि बैशाख १ गतेलाइ प्रस्तावित राष्ट्रिय पोशाक दिवस मनाउने र जेनवरी १ अर्थात अङ्ग्रेजी नयाँ बर्षका दिन नेपाली कला, सस्कृती, मौलिकता र पहिचानलाई बिश्व समुदाय माझ प्रवद्धन गर्ने उदेश्यले पोशाक समारोह कार्यक्रम गर्ने अभियानले निर्णय गरेको छ।सोही अनुरुप २०७५ पौष १७ गतेका दिन नेपाल टुरिजम बोर्डको हलमा इतिहासबिद शताब्दीपुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यता र नेकपाका नेता एवम् पुर्वमन्त्री भिम रावल,नेपाली काङ्ग्रेसका नेता एवम् पुर्वमन्त्री डा. मिनेन्द्र रिजाल ,प्रतिनिधि सभाका सदस्य नवराज सिलवाल,राष्ट्रिय सभाका सदस्य कोमल ओलि ,प्रदेश न.३ का प्रदेश सभा सदस्य लालकुमारी पुन ,राजनीतिक विशेषज्ञ प्राध्यापक डा.सुरेन्द्र के .सिको बिशेष आतिथ्यतामा भब्य रुपमा सफल भएको र २०७६ बैशाख १ गते प्रस्तावित राष्ट्रिय पोशाक दिवस मनाउने तयारीमा सम्पुर्ण अभियान्ताहरु लागिरहेको अभियानको अभियान्ता मुकुन्द काफ्लेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र