टर्कीमा इएमआइटीटी को २३ औ संस्करण


नेपाल पर्यटन बोर्ड,
पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला इएमआइटीटी को २३ औ सस्ंकरण यही ३१ जनवरी देखी ३ फेब्रुअरी सम्म इस्तानबुल, टर्कीमा सम्पन्न भएको छ । उक्त मेलामा नेपालको सहभागिता पर्यटन व्यवसाय नेटवकिर्गका हिसाबले फलदायी भएको छ, जहाँ नेपालले टर्किका दर्शकहरुलाई बिभिन्न पर्यटकीय गन्तब्य, सेवाहरुको बारेमा आवश्यक जानकारी तथा सेवा प्रदान गर्ने ब्यवसायीहरुले पर्यटक उत्पादनहरु प्रर्दशन गरी आपनो बलियो उपस्थिति जनायो । नेपालले इएमआइटीटी २०१९ को सबैभन्दा सहयोगी स्टैंडको पुरस्कार पनि हातपार्यो ।

टर्कीको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षहरुमा धेरै एशियाली देशहरुको लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ र नेपाल पनि यी मध्य एक हो । नेपाल पर्यटन बोर्डले यस बजारमा नेपाललाई परिचित गर्न उपलब्ध सबै प्रयासहरु गरिराखेको छ । इएमआइटीटीको सहभागिता यस्तै प्रयासहरुको निरन्तरता हो जुन नेपाल पर्यटन बोर्डले पछिल्लो केहि वर्षहरुदेखि नियमित गरेको छ । नेपाल पर्यटन बोर्डका सीईओ श्री दीपकराज जोशी नेपाल भ्रमण वर्ष २०२० को प्रर्वसन्ध्यामा राम्रो बजारिकरण रणनीतिको साथ यसको उपस्थिति विस्तार गर्न र दरो बनाउन नयाँ स्रोत बजारहरुको खोजी भइरहेको भन्नुहुन्छ ।

इएमआइटीटीमा बोर्डले गन्तव्य मार्केटिङ कार्यशालाहरु र बी टु बी सञ्जाल सत्रहरुमा उपस्थिति जनायो जसले आउटबाउन्ड बिक्रेताहरुसगँ व्यवसाय सम्पर्कहरु स्थापित गर्न प्रभावकारी भुमिका र्निवाह गर्न सहयोग गर्नेछ । साथै अन्तराष्ट्रिय अपरेटरहरुको गन्तब्य सूचीमा नेपाल राख्न पनि बोर्ड पदाधिकारीहरुले अनुरोध गर्नुभयो ।

नेपालका बारेमा सहभागीहरुलाई जानकारी भएको र गन्तब्यका रुपमा सकारात्मक रुपमा लिइएको पाइयो । नेपालको स्टलले ५०० भन्दा बढी ट्रेड भिजिटर प्राप्त ग¥यो भने १०००० भन्दा बढीले स्टल अवलोकन गरेका थिए । इस्तानबुल र काठमाण्डौ बीचको सिधा हवाई सम्पर्कले टर्कीस पर्यटकको आगमन संख्या निरन्तर बढी रहेको छ ।

अंग्रेजीमा पढ्नुहोस् :  Nepal shines at EMITT, Istanbul, Turkey


Loading comments...