ककपीट भित्रको त्यो १२ मिनेट जहाँ सबैकुराहरु बिग्रिए


यो लायन एयर फ्लाइट ६१० हो, यात्रुहरु सबैलाई यस हवाइजहाजमा स्वागत छ । क्याप्टेनले यसो भन्दै गर्दा यात्रुहरु सबैजना गन्तब्य जानका लागि तयार थिए तर दुर्भाग्य लाइन एयर ६१० को यो यात्रा क्रममा रन वे छाडेपछि पूनः धर्तिमा फर्केर आएन । इण्डोनेशीयाको साइकार्नो विमानस्थलबाट जकार्ता दिपाती एयरपोर्टका लागि लायन एयरको यो रुटिन फ्लाइट उड्दै थियो । बोइगं ७३७ म्याक्स उक्त जहाज उडेको १३ मिनेटमा नै दुर्घटनाग्रस्त भएको थियो । यो केवल ४ महिना अघिको कुरा हो, सन् २०१८ को अक्टोबर २९ मा यस हवाइजहाजले आफ्नो अन्तिम उडान भरेको हो । इण्डोनेशीयाको हवाई उड्डयन इतिहासमै यो दोश्रो ठूलो हवाईदुर्घटना हो जहाँ १८९ यात्रु र चालकदलका सदस्यहरु सबै मारिएका थिए । यस हवाईदुर्घटनाको अनुसन्धान प्रतिवेदन भर्खरै एनटीएसबी अर्थात नेशनल ट्राभल सेक्यूरिटी बोर्डले जारी गरेको छ, हामी त्यसै प्रतिवेदनका अध्ययनहरु यहाँ सरल नेपाली भाषामा प्रस्तुत गर्दै छौं ।

यस हवाईजहाजले यस उडान भन्दा अगाडिका उडानमा पनि गलत उँचाई र गलत स्पीडको मापन देखाएको पाइयो तथापी हवाईजहाजलाई नियमित उडानमा किन पठाइयो ? प्रश्नको बिषय भएको छ । बिहानको ६ बजेर २० मिनटमा उडान भरेको यस जहाजका पाइलटहरुलाई पनि यस प्लेनको गलत मापन संयन्त्रका बिषयमा थाहा थिएन । उड्नासाथै प्लेनको कन्ट्रोल कलमले प्लेन अब बादल मण्डल भित्र छिर्ने र धेरै हल्लाउने भनी अर्लाम पठायो । जोखिमको यो घोतक निकै अप्रत्याशित र तुक बिनाको थियो किनकि भर्खर उडेको जहाजमा मौसम र भिजन क्लीयर थियो । जहाज अब उकाली लागिरहेकै थियो, उचाई चढ्दै जाँदा पाइलटहरुले अब सहि उँचाईको मापन पनि पाइरहेको थिएनन तसर्थ उनीहरुले कन्ट्रोल टावरसंग आफ्नो उँचाई र स्पीडको को जानकारी मागे ।पाइलट र कोपाइलट दुबैको स्पीडोमिटर लगायतका मापनमा फरक फरक मापन देखिएको पछि ब्लाक बक्सको रेकर्ड सुनेर पत्ता लगाइयो । त्यसपछि लगत्तै जहाजले ७०० फिटको ओरालो झर्यो, यो असामान्य थियो भनी पाइलट एलाइड एसोसिएसनका प्रवक्ता र पाइलट डेनिश टेजरले अनुसन्धानका क्रममा बताए । जहाजको कम्यूटर सिस्टमको गडबडि थियो, जहाज अब सुस्तरि नियन्त्रण गुमाँउदै थियो अनि कन्ट्रोल टावरका मान्छेहरुले जहाजमा भएको नियन्त्रणत्मक गतिबिधी थाहा पनि पाए ।

जहाज बाहिर भएको एगंल अफ अटाक सेन्सरले गलत जानकारी दिँदै जहाजको नाक अर्थात टुप्पो निकै माथि भएको र जहाज पल्टिन सक्ने जानकारी दियो । यसले जहाजको अटोमेटिक प्रतिरक्षा सिस्टम एमसीएएस एक्टिभ भयो जसले प्लेनको पुच्छरलाई आँफै माथि गरेर प्लेनलाई सन्तुलनमा राख्ने संयन्त्र सूचारु गरायो । यो बाइगं ७३७ को नयाँ सिस्टम थियो र पाइलटहरुलाई यस बिषयमा थाहा थिएन भन्ने जनाइएको छ । पाइलटहरुले अब ठ्याक्कै बिपरित जहाजको नाकलाई उल्टै माथि पार्न तिर लागे जसले गर्दा जहाजको अटोमेटिक सिस्टम र मेनुअल सञ्चालक पाइलटहरु बिच नियन्त्रणात्मक दुविधा झैं भयो । जहाज कहिले नाक तल त कहिले माथि दर्जनौं पटक भयो । यदि पाइलटहरुले यस्तो अवस्थामा अटोमेटिक सिस्टम नै डिसेबल गरेको भए यस्तो हुनेथिएन भनी अनुसन्धानले देखाँउछ तर उनीहरुले आफ्नो अटोमेटिक सिस्टमसंगको तालमेल सिस्टम अफ नगरि म्यानुअली अपरेट गरेरै मिलाउन खोजे, हरेक १० सेकेण्डमा प्लेनको म्यानुअल सिस्टम अटोमेटिकमा स्वीच भएको देखियो । पछि पाइलटहरुले कन्ट्रोल कलम त स्वीच अफ गर्न खोजेका थिए तर धेरै ढिला भइसकेको थियो । ५०० फिटको डाइभ हानेको जहाज जाभा समुन्द्रमा खस्दा ४५० माईल प्रतिघण्टाको स्पीडमा खसेको बताइन्छ, सबै यात्रु र चालकदलका सदस्यहरुको ज्यान गयो ।

यो दु:खद हवाईदुर्घटनाले अटोमेटिक कन्ट्रोल र म्यानुअल सिस्टम बिचको तालमेलमा धेरै कुराहरु बारे प्रश्न गरेर गएको छ । यहि जनवरी महिनाको १४ तारिखमा जहाजको ककपीट भ्वाइस रेकर्डर पाइएको थियो । १३ अगस्त २०१८ मा मात्रै यस जहाज एउटा चाइनीज समुहसंग लीजमा लिइएको थियो । यस जहाजमा भारतीय मुलमा भाव्य सुनेजा नामका क्याप्टेन र इण्डोनेशीयन हार्वेना नामका कोपाइलट र ६ जना इण्डोनेशीयन परिचारीका थिए । १७८ बयस्क १ नाबालक र २ शिशु पनि विमानमा सवार थिए ।
लाईभमाण्डु


Loading comments...