Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

हिटर ताप्दा ध्यान दिनुहोस्

२५ माघ २०७५, शुक्रबार १५:००


चाडवाडको उमङसँगै मौसमको न्यानोपनले पनि विस्तारै नेपाली आबुहवामा चिसो थप्न थालेको छ । सुत्केरी, साना नानीहरु तथा बुढापाकाको न्यानो स्यहारमा विशेषत जाडोमा मौसममा न्यानोको लागि विद्यूतिय हिटर, ब्रिकेट अथवा मक्कलमा आगो बालेर प्रयोग गरिदै आइएको छ । तर न्यानोको लागि हिटरजन्य यस्ता वस्तुहरुको प्रयोग सावधानीपूर्वक गर्न नजान्दा निस्सासिएर, आगलागी भएर अथवा सर्टसर्किटका कारण भएका अनेक दूर्घट्नाका खबरहरु पनि हरेक वर्ष जस्तो सुन्दै आएका छौं । चिसोबाट बच्न यस्ता सामाग्रीहरुको प्रयोग कसरी गर्ने त?

  • आगोको रापले सजिलै गाल्नसक्ने अथवा टिप्ने वस्तुहिटर, ब्रिकेट अथवा मक्कलको अगाडि राख्नु हुँदैन ।
  • हिटर, ब्रिकेट अथवा मक्कलबाट उत्पन्न हुने कार्बन मोनोक्साइड ग्याँस स्वास्थ्यका लगि हानिकारक हुन्छ । यसर्थ, कोठाका झ्याल ढोका बन्द गरेर यस्ता सामाग्रीहरुको प्रयोग कहिल्यै पनि गर्नु हुँदैन ।
  • यस्ता सामाग्रीहरु निरन्तर अथवा भनौं घण्टौघण्टासम्म बाली रहनुहुँदैन, समय समयमा बन्द गर्ने गर्नुपर्छ साथै प्रयोग नभएको समयमा तार थुतेरै यसलाई निस्क्रिय गर्न आवश्यक हुन्छ ।
  • सुत्नु अघि कोठा आवश्यक रुपमा न्यानो भईसकेपछि सुत्नु अघि पूर्ण रूपमा यस्ता सामाग्रीहरु बन्द गर्नुपर्छ ।
  • अझ ब्रिकेट अथवा मक्कल जस्ता धूँवाजन्य न्यानोका स्रोतहरु तापका लागि जलिसकेर खरानी बन्नुअघि अत्याधिक मात्रामा कार्बन मोनोक्साइड ग्याँस निकाल्ने गर्दछ, जसका कारण सुतिरहेको व्यक्तिमा स्वाँसप्रस्वाँसमा समस्या हुन गई सुतेको सुत्यै हुने अथवा जटिल तवरले बेहोस हुनसक्ने सम्भावना हुन्छ ।
  • नजिकै बसेर ताप दिने कुनैपनि सामाग्रीहरु ताप्नु हुँदैन । यसले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखा पर्छन् ।
  • बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नु हुँदैन ।
  • मुटु, स्वाँसप्रस्वाँस जस्ता रोगका बिरामीले हिटर प्रयोग नगरेकै वेश ।
  • पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत