न्यायिक समितिः कार्यविधि र प्रकृया नामक पुस्तक विमोचन सम्पन्न


स्थानीय तहमा न्यायिक समितिलाई न्यायिक प्रकृयालाई सहज र प्रभावकारी गराउने उद्देश्यले तयार पारिएको ‘न्यायिक समितिः कार्यविधि र प्रकृया’ नामक पुस्तक लोकार्पण समारोहमा एक कार्यक्रम बीच पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज विमोचन गर्नु भएको छ ।

स्थानीय न्यायिक समितिलाई स्थानीय सरकार सञ्चालन तथा न्याय सञ्चालनको बिषयमा भ्रष्टचारको नियन्त्रण गर्ने उपायको सम्बन्धमा प्रतिनिधिसभा सदस्य रुकुम (पश्चिम) जनार्दन शर्मा प्रभाकरको विशेष पहलमा रुकुम (पश्चिम) न्यायिक समितिहरुलाई गत वर्ष ४ दिने प्रशिक्षण सम्पन्न भएको थियो । तालिमका मुख्य प्रशिक्षकहरुमा बरिष्ठ अधिवत्ता÷पूर्व महान्यायाधिवत्ता मुक्ति नारायण प्रधान रहनु भएको थियो । प्रशिक्षण मुख्य रुपमा न्यायीक समितिको काम, कर्तव्य, अधिकार क्षेत्र लगायतका बिषयमा आधारित थियो । प्रशिक्षणका दौरानमा प्रशिक्षार्थीहरु प्रशिक्षणबाट अति नै प्रभावित भएपछि तालिममा सिकाइएको ज्ञानहरुलाई समेटेर पुस्तक बनाउन आग्रह गरेपछि जिल्ला समन्वय समिति रुकुम (पश्चिम) मार्फत प्रकाशित भएको हो ।

जिल्ला समन्वय समिति, काठमाण्डौको सभा हलमा सञ्चालन भएको सो पुस्तकमा सहयोगी सस्थाको रुपमा कानुन न्याय अध्ययन प्रष्ठिान, काठमाण्डौ रहेको थियो । सो कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम (पश्चिम) का राजकुमार शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो । पुस्तकका सम्बन्धमा बरिष्ठ अधिवत्ता तथा माननीय राधेश्याम अधिकारीले टिप्पणी राख्नु भएको थियो । कार्यक्रममा करिब ३०० भन्दा बढी बिद्यार्थी, कानुन व्यवसायी, पत्रकार तथा नागरिक समाज आदीको सक्रिय सहभागीता रहेको थियो ।

-सन्जु पौडेल


Loading comments...