के तपाईँलाई नाइजेरियनहरुले फेसबुकमा रिक्वेष्ट पठाउँछन ?


आजभोलीको कुरा हैन, निकै पहिलाबाट फेसबुकमा विदेशीहरुको फ्रेन्ड रिक्वेष्ट नेपाली प्रयोगकर्ताहरुलाई आउने गरेको छ । तिम्रो प्रोफाइल राम्रो लाग्यो, म साथी बन्न चाहन्छु, म संग यति पैसो छ र यहाँ बिभिन्न बैकिंगं कठिनाईले तिमीलाई पठाउन चाहन्छु लगायत दुरुस्त सहि मेसेजहरु आउने गर्दछन् । उनीहरुको प्रोफाइल पनि निकै दमदार र वास्तविक लाग्ने खाले हुन्छन् । के यस्तो तपाँइहरु या साथीभाईहरुलाई भएको छ ? भएको छैन भनें हुन सक्दछ, धेरै नेपालीहरु यस्ता कुराहरुमा अल्झेर निकै पैसो गुमाउने काण्डमा फसेका छन् । आजभोली त बिदेशका बिभिन्न ठाँउमा बसेर नेपालीहरुको नै पनि गिरोह यस्ता ठगिमा संलग्न भएको पाइएको छ । आउनुहोस् जानीराखौं किन हुन्छ यस्तो भन्ने तथ्य ।

नाइजेरीया या अन्य मुलुकहरुमा इन्टरनेटको सुलभ पहुँच छ र उत्तिकै ब्याप्त छ गरिबी । यस्तो अवस्थामा नेपाल अनि भारत लगायतका दक्षिण एसियाली मुलुकहरुका सोझा साझा फेसबुक प्रयोगकर्ताहरुलाई खोज्दै अनि उनीहरुसंगको साझा साथीहरुलाई पनि उनीहरुले रिक्वेष्ट पठाँउदछन् ।

निकै सरल र उत्साहजनक मेसेज पठाएर दोस्ती घना बनाँउदै उनीहरुले यसरी पैसोको लालच देखाएर कुरा गर्दछन् । पैसोको कुरामा सकारात्मक प्रतिक्रिया पाएपछि उनीहरुलाई भारतका प्रयोगकर्ताले पैसो र केहि सामान भारतको भन्सारमा अड्केको बताँउदछन् । यसरी करोडौं मुल्यको पैसो र सामान भारतमा अड्केको र भन्सारलाई आयात कर तिर्नुपर्ने बताएपछि उनीहरुले बताएको खातामा धेरै नेपालीहरुले पैसो पनि जम्मा गरेका छन् । यसरी पैसो जम्मा भएपछि ति प्रयोगकर्ताहरु र फोनकल एका एक हराँउदछ, यस्तो ठगिमा निकै दिग्गज नेपाली प्रयोगकर्ताहरु फसेका धेरै उदहारणहरु हुन्छ ।

पैसोको कुरा गर्दा आफूलाई अप्ठेरो हुने र गोपनीयता अरुलाई भनेंर हनन् नगर्न उनीहरुले अनुरोध गर्दछन् र यस्ले गर्दा यस्ता कुराहरु समयमानै धेरैलाई थाहै हुँदैन् । छोटो समयमा धेरै पैसो कमाउने उदेश्यले यो लालसा पछि घाटामा परिणत होला है ।

पैसो ठग्ने उपाय नंबर २
यो दोश्रो उपायमा सर्वप्रथम तपाँइहरुको साथी बनेंर उक्त बिदेशी प्रयोगकर्ताले तपाँइको एकाउन्टका धेरै जसो प्रयोगकर्तालाई तपाँइलाई थाहै नहुने गरि तपाँइकै फोटो हालेर अर्को यूजर बनाई रिक्वेष्ट पठाँउदछन् । अनि पछि तपाँइकै नाम गरेर आफू बिदेशको कुनै ठाँउमा कार्ड र पैसो हराएर अलपत्र परेको र केहि पैसो पठाउँनुस भन्ने जीवनरक्षात्मक अनुरोधका साथ मेसेज पठाँउदछन् । अन्जानमै यहाँका शुभचिन्तकले पैसो पठाइदिएर तपाँइलाई सहयोग गर्न खोज्छन् । ब्यर्थमा ठगिन्छन् । साइबर क्राईम बढ्दो छ र सामाजिक सञ्जालमा यस्ता धेरै ठगिका कुराहरु भइरहेका छन् । आफू सचेत र जागरुक हुन जरुरी छ है । कहिले काँही त तपाँईको इमेल नै ह्याक गरेर पनि यस्ता मेसेजहरु पठाइन्छन्, यो अत्यन्त भयंकर ठगि हो । जथाभावी मेसेज र अन्जान एकाउन्टका साथी बनेंर उनीहरुसंगको मित्रता र पैसोको लालचमा नपरौं ।

उनीहरुका मेसेजको नमुना यसप्रकार हुनसक्दछ है ।
Hello, I hope all is well with you, and how are you enjoying your day over there in your country? Thanks for accepting me. my name is Sgt Olivia Tasha. I’m a US citizen. also a soldier, live in Syria Damascus. for the fight against terrorism and peace keeping. I really need a supportive, sincere person to establish a true Friendship that may lead into good things in life or something else with you, it’s my pleasure meeting you. I will like to get acquainted with you. I am honest person with a good sense of humor despite my profession. I enjoy reading, working, traveling, meeting new people and knowing their way of life, I enjoy watching the sea waves and the beauty of the mountains and everything that nature has to offer. Please tell me more about you, your likes and dislike, it is very nice to know and be your friend, wishing you all the best, thank you as i still wait to read from you. Something happened here few weeks ago and i would like to discuss it with and seek for your opinion and assistance. I want us to be close, because i need someone to be sharing ideas with here. I believe we will be best of friends. I will also be happy to come over to your country during my leave very soon. I shall keep you updated as we proceed. Take good care of yourself.

यस्ता प्रकारका धेरै मेसेजहरु आउन सक्छन्। सचेत रहौं है ।

लाईभमाण्डु


Loading comments...