lord buddha international cricket stadium

३ अर्ब =३०० करोड


३ अर्ब =३०० करोड
३०० करोडको १०५ ले बर्षको ब्याज = ३० करोड
अथवा ३ अर्बको १०५ ले प्रतिमहिनाको ब्याज = २ करोड ५० लाख
यति पैसा दिन दु : खी र गरीबको लागि हरेक महिना खर्च गर्नु हो भने  ? तीस अरबको ब्याज बर्षको ३० करोड धुर्मुससुन्तली फाउन्डेसनले हरेक बर्ष असहाय बालबालिकाको स्वास्थ्य र शिक्षामा खर्च गर्नु हो भने ? यो पैसा दार्चुला जानु हो भने रु रूकुम जानु गो भने ? संखुवासभा जानु हो भने ?

हेर्नुहोस् , मेरो कुरा तपाईंलाई मन नपर्ला । तर हामी मध्यमबर्गमा गनिन्थ्यौं ।गुलिडन्डा खेल्ने फुर्सद हामीलाई भएन । कि त घाँस काट्यौं, कि त किताब समायौं । दाउरा घाँस र पानी गर्दै मुस्किलैले स्कूल जान सक्यौं हामी । हामी माथिका दिदीहरूले पढ्न पाउनु भएन । हामीलाई त खानलाऊन पुग्ने भन्थे । खान नपुग्नेले मुस्किलैले खान पुर्याऊनेलाई धनी भन्थे । यसर्थ हामी धनी थियौं धेरैका नजरमा । माओवादीले त क बर्ग मै राख्यो । तर हामीलाई खेल्ने फुर्सद थिएन । अब विचार गर्नुहोस् हामी भन्दा तलको स्थिति हुनेको अवस्था कस्तो थियो रु कस्तो छ होला ? अनि कसरी धुर्मुससुन्तली देशको नाम राख्ने नाममा एक्कासी इलियट बर्गको मनोरन्जनको निम्ति तिनै पढ्न नपाएर, उचित शिक्षाबाट बन्चित सोझासिधाका छोराछोरीहरूले दु:ख गरिरहेको ठाऊँमा गएर ऊनिहरूको दुख माथि नै व्यंग्य गरेर ऊनिहरूसँग नै तीन अरब उठाएर रंगशाला बनाउने सपना देखिरहेछन् ?

सुन्तली सहरबाट भए पनि धुर्मुस त गाउँबाटै आएका हुन् नि ! धुर्मुसले कसरी गाऊँ बिर्से यति चाँडै ? मुसहर बस्ती बनाएपछि देशबाट गरीब दिनदु:खीका समस्याहरू खोजे पनि नभेटिने भएका हुन् ? यो महिनाको दुई करोड पचास लाख अर्थात् बर्षको तीस करोड ब्याजले बरू त त्यो ऊनले रंग्याएको वीर अस्पतालमै गरीबको उपचार गर्नु हो भने पनि कति असहायहरूको मृत्युको कालो छायाँ पोतिएको अनुहारमा जीवनको चमक भरिंदो हो ? पहिला जीवन अनि मनोरन्जन ।

मलाई तपाई जति कन्भिन्स गर्नुहोस् म हुनेछैन । म जहाँ भए पनि म गाऊँको धुलोमाटो हुँ । म गाऊँ सम्झँदै सहरका भवनहरू हेरेर आँसु खसाऊँदै हिंडेको युवक हुँ । मलाई थाहा छ ( रंगशाला बनाऊन सहयोग दिने बेला अलि भएको छैन । दिऊँला तर पहिले गरीबका आँशु पुछौं । राम्रो विधालयको व्यवस्था गरौं । रंगशाला बनाउने पैसाले प्रत्येक महिना दुई करोड पचास लाखका कम्प्यूटर किनेर गाऊँका स्कूलमा बाँड्नुहुन्छ धुर्मुससुन्तली रु तीस करोडमा लाख रूपयाँ प्रतिगोटाका कम्प्युटरहरू पनि तीन हजार आऊने रहेछन् । त्यो पनि प्रत्येक बर्ष तीन हजार कम्प्यूटर गाऊँका स्कूलहरूमा । विश्वसँग प्रतिस्पर्धा गर्ने तरीका यो हो कि गुलिडन्डा हो ? त्यतिको शिक्षित देशको हाँस्य कलाकार भएर छातीमा हात राखेर भन्नुहोस् त कुन बाटो अघि बढे देशलाई संसारमा चाँडो चिनाऊन सकिन्छ ? मलाई खेल खेल्न नपाएर म तल परें भन्ने अझै पनि छैन । मेरा बाआमा र मेरो देशले मलाई खेल खेल्न नदिएर मेरो हालत यस्तो भएको हो भन्ने पनि छैन । तर अझै पनि मलाई गुणस्तरीय शिक्षा हाँसिल गर्न नसकेकोमा अफ़सोस छ । म यसर्थ यो बोलिरहेको छु । पुस्तकालय खोल्नुहुन्छ ? त्यसो भयो भने मेरो पूर्ण समर्थन साथ र सहयोग हुनेछ ।

१,  गाउँहरू कति धेरै आइपुग्छन् भरतपुर ?
२, भरतपूर आएर स्टेडियम कति गाऊँलेले चिहाऊँछन् ?
३,  कतिले खेल्ने अबसर पाऊँछन् रु कतिले हेर्ने मौका पाऊँछन् ?
४,  कुन टिमले जित्दा कस्को कसौंडीमा भात छड्किन्छ रु कस्का छोराछोरीलाई ट्युसन खर्च लाग्दैन ?
५,  खेल हेर्न आऊँदा भाडा कुन सरकारले तिरिदिन्छ रु भोक लाग्दा खाजा कुन फाउन्डेसनले खुवाऊँछ ? चिया कस्ले दिन्छ रु सबै नेपालीको गौरबको बिषय भनेको होइन रु सबैको रहेछ त ?
६,  बरू त्यो पैसाले काठमाडौमा माइक्रो र बसमा पैसा उठाएर जीविकोपार्जन गर्ने स्कूल नगइरहेका कयौं नाबालक धूर्मुसहरूको उद्गार गरेको भए पनि राम्रो हुँदैन थियो त ?
यस्ता कुरा कति छन् कति १ सहयोग मागेर क्रिकेट मैदान बनाऊने कुरामा चाहिं मेरो सदैव तीब्र असहमति छ । यो मेरो धारणा हो । रंगशाला बनाउनै परे बरू सेयर बेचेर बनाएको भए के फरक पर्थ्यो र ?

मनी भट्टराईका फेसबुक वालबाट साभार


Loading comments...