Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

सिद्धिनरसिंह मल्लले ३७८ वर्षअघि थालेको कार्तिक नाच पाटनमा सुरु

२७ कार्तिक २०७५, मंगलवार ०८:१८


पाटन दरबार स्क्वायरको पश्चिममा रहेको डबलीमा ३ सय ७८ वर्ष पुरानो साँस्कृतिक महत्व बोकेको कार्तिक नाच सुरु भएको छ। सोमबारबाट सुरु भएको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिँह नाचका रूपमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिन्छ। विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ। उक्त डवली लाई कात्तिक डवली पनि भनिन्छ।

यो नाच १२ दिनसम्म नियमित रुपमा देखाइनेछ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले पहिलोपटक पाँच दिन देखाइने गरि सुरु गरिएको इतिहासमा उल्लेख छ । यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पु‍¥याएको मानिन्छ । यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ ।
२७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहो¥याई देखाइन्छ ।
बिशेष गरि विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मन्चन गरे जसरि भिन्न भिन्न पात्रको प्रस्तुति नै कार्तिक हो । कार्तिक नाचको प्रमुख र बिशेष नाच नृसिंह अबतारमा हिरण्य कश्यपुलाई नृसिंहले बध गरीने नाच यो बर्ष मंसिर ५ गते देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।

अन्य नाच बेलुका ७ बजे सुरु गरिन्छ भने बिष्णु पुराणमा आधारित यो नाच भने भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ ।
कार्तिक नाच पहिला एक महिना देखाउदै आएपनि आर्थिक अभावका कारण बिचमा एक सातामात्रै देखाउन थालेको थियो । पछिल्ला बर्षहरुमा भने बर्षेनी १२ दिन देखाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):

काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला