
एअरपोर्ट भित्रको तितो यथार्थ बोकेको कथा (बधाई)
२८ माघ २०७५, सोमबार १५:२४
तितो यथार्थ बोकेको कथा (बधाई)
एअरपोर्ट भित्र-
कर्मचारी १: सरले के के हात पार्नुभो त आज ?
कर्मचारी २: आज खासै हात लागेन ! एउटी इजरेलबाट आकी नक्कलीले सुनको सिक्री ल्याकी रैछे आमालाई भनेर ! त्यही मात्र फुस्काइयो ! बुडी मक्ख पर्ने भई घरमा !
कर्मचारी १: मेरो त झन बिजोग भो सर ! दुई बोतल ब्ल्याक लेभल र एउटा पुरानो ल्यापटप मात्र हात लाग्यो दिनभरीमा ! तर केही छैन अर्को दिन आइ हाल्छ ! ल्यापटप छोरो केटोलाई भइहाल्यो ! ब्ल्याकलेभल एउटा हाकिम साबलाई भेट चढाउँछु,अर्को आफै ढलाउँछु !
उनीहरूका कुरा सुनिरहेकी कर्मचारी ३: बधाई छ सरहरूलाई । जे पाउनु भएको छ ‘प्योर माल’ पाउनुभएको छ, शुद्ध पसीनाको कमाई । आफ्नो पसीना नभएर के भो त कसैको त हो नि ! पसीनाको कमाईका सामान उपभोग गर्न पाउनुको मज्जा नै छुट्टै छ । देशमा फट्याइँ गरेर कमाएको पैसाबाट आएको सामान भन्दा यी सामान धेरै ठीक सरहरू । फेरि पनि बधाई ।
बधाई यसकारण कि:
-यिनीहरू नै हुन जसले कसैको कलेजो,मुटु,किड्नी बिग्रेको ख़बर सुन्ने बित्तिकै भाग काटेर पैसा उठाउन सुरु गर्छन मुगलानमा !
-यिनीहरू नै हुन जसले कर्णालीमा अस्पताल बनाउन पनि पैसा पठाउँछन, चितवनमा रंगशाला बनाउन पनि पैसा जुटाउँछन !
-यिनीहरू नै हुन जसले काटिएका हात खुट्टा जोडिदिन अभियान चलाउँछन, कलाकारलाई बाँच्ने वातावरण बनाइदिन विश्वभर संस्कृति चिनाउँछन !
-यिनीहरू नै हुन जसले तपाईका नेता,तपाईका हाकिम,तपाईका प्रशासकहरू बस्ने कुर्सीको खुट्टो रेमिट्टेंसले अड्याउँछन !
-यिनीहरूकै कारण धेरैको परिवार चलेको छ,धेरैको धड़कन चलेको छ,धेरैको शासन चलेको छ !
चुलो बलेको छ,आस बँचेको छ,देश बाँचेको छ !
-यिनीहरूले कमाएको सामान बाट तपाईका परिवार खुसी हुन पाउनु अहोभाग्य हो । तपाईहरूलाई फेरि पनि बधाई !
(सामाजिक संजाल फेसबुकबाट )
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग