
चन्द्रागिरिको उँचाईमा पशुपतिनाथ र पृथ्वीनारायण
२९ माघ २०७५, मंगलवार ०८:४७

गणतन्त्र आएका बर्षको पुस २७ गते श्री ५ पृथ्वीनारायण शाहका मूर्तिमा फूलमाला चढाउने सुरूमा डा. मोदनाथ प्रश्रित र ईश्वरवल्लभ दुई जना मात्र थिए । त्यस बेला दुवै जनाले सिंहदरबारको मुलढोका अगाडि अवस्थित श्री ५ पृथ्वीनारायण शाहका मूर्ति मुनि उभिएर कविता वाचन गरेका थिए र श्रोता हामी नइ मात्र थियौं । त्यस कालरात्रिको समयमा डा. मोदनाथ प्रश्रितले यो कविता वाचन गरेका थिए:
तिमीलाई बिर्से सबै बिर्सिने छौँ
यसै देशभित्रै विराना हुने छौँ ।
•••
चन्द्रागिरि, चन्द्रागिरि चन्द्रागिरि सुनिरहन्थ्यौँ । आखिर के रहेछ त चन्द्रागिरि ?
कौतुहल शान्त पार्ने उद्धमका लागि हामी पञ्च (कमरेड डा. मोदनाथ प्रश्रित, विदुषी प्रसाई, अनुकृतिका प्रसाईका साथमा हामी नइ) २०७५ साल माघ २८ गते चन्द्रागिरि पुग्यौँ ।
चन्द्रागिरिबाटै श्री ५ बडामहाराज पृथ्वीनारायण शाहले उपत्यका ताकेका थिए र दिग्विजय पनि गरेका थिए ।
साथै चन्द्रागिरिको शिरमा सतीेदेवीको भाल अथवा भनौं निधार पतन भएथ्यो र त्यसपछि त्यहाँ शिवलिङ्गको स्थापना भएथ्यो ।
सुरम्य वातावरणमा आकाश छुने उँचाईमा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन र नेपाल राष्ट्रका निर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको भव्य सालिकको दर्शन गरेपछि हामी अभिभूत भयौँ ।
सनातन हिन्दू धर्ममाथि चारैतिरबाट प्रहार गरिँदै गरेको स्थितिमा सुन्दर एवम् कलात्मक प्राचीन पेगोडा शैलीको पशुपतिनाथीय स्वरूपमा निर्माण गरिएको मन्दिर सुव्यवस्थित राखिनु अति स्तुत्य र विशिष्ट कार्य हो ।
अर्कातिर राष्ट्रियताको धरातल क्रमशः खस्किँदो वर्तमान अवस्थामा राष्ट्र प्रमुखबाटै उदघाटित पृथ्वीनारायण शाहको नाउँका अघिल्तिर ‘श्री५’ र अन्त्यमा ‘देव’ समेत शिलामा लेखिएको देख्न पाउँदा हामी नेपालीहरूमा कृतज्ञभाव मरिसकेको रहेनछ भन्ने सुखद् अनुभूति पनि हामीले सँगाल्न पायौँ ।
समग्रमा चन्द्रागिरि परियोजनाद्वारा सनातन हिन्दू धर्मको संरक्षण गर्दै नेपाली राष्ट्रियताको संवर्धन गरिएको स्पष्ट भयो ।
यस्तो स्तुत्य कार्य गरेर नेपालीभूमीलाई अझै परिस्कृत गर्ने चन्द्रागिरि परियोजनाका अभियन्ताहरू प्रति हामीले आभार प्रकट गरेका छौँ ।
चन्द्रागिरिको स्थापनाको अर्थ हिन्दूधर्मको प्रचार र श्री ५ को महत्व दर्शाउनु पनि एक हो भन्ने हामीमा अनुभूत भएको छ ।
गणतन्त्र भित्रिएपछि श्री ५ पृथ्वीनारायण शाह विषयक नेतृत्वदायी भूमिका खेल्दै आएका डा. मोदनाथ प्रश्रितका अनुसार ‘चन्द्रागिरि हामी देशभक्त नेपालीका लागि अर्को गौरवीभूमि भएको छ । यो ठाउँ पनि हाम्रो तीर्थस्थल हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको