
किराहरु मर्दैछन्, विश्व ईकोसिस्टम खतरामा
२९ माघ २०७५, मंगलवार १५:३३
एउटा नयाँ सवश्वव्यापी अध्यनले देखाएअनुसार विश्वका किराहरु अब छिटै लोप हुने देखिएको छ र यसले मानव अवस्थितीलाई अफ्ठेरोमा पार्ने लख काटिएको छ भनी हफिगंटन पोष्टमा पर्यावरणविज्ञ डोमनिक मोसंफेगन लेख्दछिन् । द जर्नल अफ बायोलोजिकल कन्जसभेसनको रिपोर्ट उल्लेख गर्दै यि पर्यावरणविज्ञले विश्व यस विषयमा सचेत नभएको तर भोली निकै अनिष्ट हुनसक्ने बताउदछिन् ।
विश्वभरिका ४० प्रतिशत किराहरु जोखिममा र त्यमध्य एकतिहाई त लोपोन्मुख अवस्थामा रहेको उक्त अध्ययनले देखाँउदछ । प्रतिवर्ष २ दशमलव ५ प्रतिशतले किराहरु घट्दै गएको र यो दरले १०० वर्षम विश्वमा किराहरु नहुने देखिएको छ ।
यूनिभर्सिटी अफ सिड्नीकी इन्भायोरेन्टल बायोलोजिस्ट फ्रान्सिसका स्याचेस बायोका अनुसार अबको १० वर्षमा एक चौथाई कम, ५० वर्षमा आधा कम र १०० वर्षमा शून्य किराहरु यस धर्तीमा रहन्छन् । यसले फुलहरु परागसेचन देखि माटोको उर्वरता, पृथ्वीको सतहमा भएका कुराहरुको डिकम्पोजिशन लगायत थूप्रै कुराहरुमा असर पर्ने र मान्छेको अवस्थितीमै प्रश्नचिह्न हुने अध्ययनले देखाएको छ ।
किराहरुको कटौतीसंगै चराहरुको खानेकुरा अनि अन्य बिभिन्न प्राणीहरुको खुराकमा समस्या पर्ने तथ्य छ । त्यसपश्चात जंगलहरु फुलविहिन हुने र फलहरु दुर्लभ हुने जनाइन्छ । क्रमश जलचर, थलचर लगायत पृथ्वीका सबै प्राणीहरुको जीवन कष्टकर हुने भएकाले किराहरुको सम्र्वधनमा अब विश्व समुदायको ध्यानाकृष्ट गर्न यस रिपोर्टले आव्हान पनि गरेको छ ।
बिभिन्न किटनाशक ओखतीको जथाभावी प्रयोग, माटो र जल प्रदुषण अनि जलवायू परिवर्तले गर्दा यस्तो भएको अध्ययनले देखाएको छ ।
लाईभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै