हिट्लरका पेन्टिङ्ग बिकेनन्


कहिलेकाँही कलाको पनि स्वाद तितो हुन्छ, यस्तै केहि कला पारखीहरुको बिष्लेषण रह्यो गतहप्ता जर्मनको न्यूरेम्वर्गको पेन्टिङ्ग प्रदर्शनी मा ।  ति पेन्टिङ्गहरु मध्य मुख्य आकर्षणमा थिए जेनोसाइडका निरंकुश क्रुर शाषक हिट्लरका श्रृजनाहरु पनि । हिट्लरका ५ वटा पेन्टिङ्गहरु यस प्रर्दशनीमा राखिएतापनि बिक्न सकेनन, उनका पेन्टिङ्गले ग्राहक पाएनन् ।

जर्मनको प्रसिद्ध पत्रिका डुत्से वेले ले त उक्त प्रर्दशनीमा धेरै पेन्टिङ्गहरु पछि जफत गरिएका किनभने ति पेन्टिङ्गहरु फर्जी रहेको पनि बताएको छ । यद्धपी हिट्लरकै भनिएका पेन्टिङ्ग पनि फर्जी भएनभएको बिषयमा भनें सञ्चार माध्यम चुप पाइएको छ । हिट्लरले बनाएको भनिएको ताल र हिमालको चित्र बहुतै धेरै दाममा लिलामीमा राखिएको बताइएको छ । उक्त चित्र यस आलेखमा पनि हामीले समावेश गरेका छौं । उक्त हिमाल र तालको चित्रलाई ५१ हजार डलर अर्थात नेपाली रुपैंया दाम राखिएको थियो ।

यस चित्रकला प्रर्दशनमा चित्रहरु अत्याधिक मुल्यका कारण नबिकेपनि हिट्लरले प्रयोग गरेका टेबुल पोस र गमला भनें ६३० यूरो लगभग ८२ हजार नेपाली र ५५०० यूरो अर्थात लगभग ७ लाख नेपाली रुपैंयामा बिकेका हुन् । अर्को स्वस्तिक चिह्न भएको नाजी कमाण्डर बस्ने कुर्सि चाँही नबिकेको जनाइएको छ ।

हिट्लरको इतिहास हेर्दा उनी कलिलो उमेरमा अष्ट्रियाको भियनामा हुँदा चित्रकला गरेर गुजारा चलाएको केहि समयको इतिहास देखिन्छ । पहिलो विश्वयुद्ध अगावैको यस समयमा हिट्लरले २००० बढि चित्रहरु बनाएर बेचेको तथ्य छ जो चित्रहरु धेरै सामान्य थिए भनि हफिगंटन पोष्टले लेखेको छ ।


Loading comments...