
नेपाल आइडलकी मेनुका पौडेलले यति सजिलै चलाउँछिन् फेसबुक र मोवाइल, देख्नेहरु परे आश्चर्यमा (भिडियो)
१ फाल्गुन २०७५, बुधबार १८:१५
काठमाडौँ , टेलिभिजन रियालिटी शोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी नवगायिका हुन् मेनुका पौडेल । उनी नेपाल आइडलको पहिलो संस्करणकी प्रतिस्पर्धी हुन् ।नेपाल आइडलमा हुँदा जजहरुको मन जित्न सफल भएकी उनी टप ११ बाट आउट हुन पुगिन् । तर, उनको सांगीतिक क्षेत्रको लगाव र झुकावमा भने कमि आएन । बरु झनै तिखारिँदै खारिँदै आफ्नो पहिचान भारतसम्म पुराउन सफल भइन् । भारतीय टेलिभिजन रियालिटी शो सारेगमपमा उनले आफ्नो उच्च क्षमता देखाएर तारिफ र प्रशंसा बटुलिन् ।
तर, दूर्भाग्य नेपाल आइडलको टप ११ बाट बाहिरिएकी उनी सारेगमपको पनि टप ११ बाटै आउट भइन् । र पनि उनी हार मानेकी छैनन् । ओएसनेपालसँगको कुराकानीमा उनले आउँदो वर्ष सारेगमपको उपाधि जितेरै छाड्ने प्रतिबद्धता जनाइन् । उनीसँग गरिएको कुराकानी यस भिडियोबाट
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । अवैध मोबाइल नचल्ने प्रणाली आगामी जेठदेखि सञ्चालनमा ल्याइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि यो प्रणाली सञ्चालनमा
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। सरकारले वार्ता टोली गठन गरेपछि