
दुई हिरोइनले सार्वजनिक गरे निश्चलको ‘फर्गो’
१ फाल्गुन २०७५, बुधबार १६:०१
युवा लेखक निश्चलमल्लले अंग्रेजीभाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिकभएको छ । मंगलबार अभिनेत्रीहरु ऋचाशर्मा, सुरक्षापन्त, लेखक सुविन भट्टराई र इक्यानकाअध्यक्ष विष्णुहरि पाण्डले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे । पुस्तक सार्वजनिककार्यक्रममाबोल्दै ऋचाले लेख्ने मान्छेप्रतिआफ्नो मनमाश्रद्धा रहेको बताउँदै कमउमेरमै स्तरीय किताबनिकालेकोमा लेखकमल्ललाई बधाइदिएकीथिइन् ।
‘उन्नाइस बीस वर्षकै उमेरमायत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीयकामहो । तर, उमेर कमभएपनिकिताबमा मैले परिपक्वता देखें, ’उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखकमल्लले मज्जाले प्रस्तुत गरेका छन् । यसको भाषामलाई मन परेको अर्को पक्षहो । पुस्तक पढिरहँदामलाई धेरै ठाउँ सेक्सपियरको साहित्य पढेको आभाषभयो । उहाँको भाषामा गज्जबको लालित्य छ ।’ पुस्तक एकै बसाइमा पढेको जानकारी गराउँदै उनले मल्लले आगामीदिनउच्चकोटिको पुस्तक नेपाली साहित्यलाई दिन सक्ने जानकारी गराइन् ।
ऋचाको भनाइसँग सहमतहुँदै अर्की अभिनेत्री सुरक्षापन्तले पनि सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन् । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझयति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् । यो हिसाबमानिश्चलले मलाई प्रभावित गरेका छन् । पुस्तकआकर्षक लागेको छ । भ्यालेन्टाइनमुखमा छ । आफ्नो डेटलाई दिन यो उत्तमगिफ्ट हुनेछ ।’लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुरानादिनयादआएको भन्दै उनलाई अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममाआएको बताए । ‘व्यस्तताकाकारण पुस्तक पढ्न पाइँन, त्यसैले पुस्तकको गुण दोषको बारेमा म बोल्दिन । पहिलो किताब हरेक लेखकको स्पेसल हुन्छ । निश्चलकालागिपनि यो किताब स्पेसल बनोस्, शुभकामनादिन चाहान्छु । पुस्तकले राम्रो नराम्रो जेसुकै प्रतिक्रियाप्राप्त गरोस् लेख्न नछोडने सल्लाहपनिदिन चाहान्छु ।’
लेखकनिश्चलमल्लले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै उनले पुस्तकले नयाँ पुस्ताको प्रेमप्रतिको सोचलाई प्रस्तुतगर्ने बताए । उनले भने, ‘पुस्तकले यथार्थभन्दा पर गएर कल्पनामाआफूले सोचे जस्तो जीवनसिर्जनागर्ने युवाको कथा पेश गरेको छ । जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधामापनि पुस्तकमा अटाएको छ । पुस्तक पढिरहँदानयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ।’
एक सयचार पेजको पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । लेखकनिश्चलको यो पहिलो पुस्तकहो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै