
केबीसी नेपालमा पाँचौ हप्ताका मोबाइल एप क्विज विजेता घोषणा
१ फाल्गुन २०७५, बुधबार १४:००
अन्तराष्ट्रिय फ्रेन्चाइज ‘हु वन्ट टु बी अ मिलीनियर’ को नेपाली सँस्करण ‘को बन्छ करोडपति’को मोबाइल एपमा क्विज खेलेर पुरस्कार जित्ने विजेताहरुको साप्ताहिक घोषणा भएको छ । विभिन्न पुरस्कारहरु जित्नकालागि प्रयोगकर्ताले ‘केबीसी नेपाल’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । मोबाइलको एप स्टोरमा गएर केबीसी नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गर्न सिधै यो लिंकमा क्लिक गर्न सकिन्छः www.kbcnepal.com/app
अघिल्लो हप्ता मात्र सुरु भएको बहुप्रतिक्षित अन्तराष्ट्रिय गेम शो मोबाइल एप मार्फत पनि टिभिको जस्तै ढाँचामा खेल्न सकिने बनाइएको छ । एप मार्फत टेलिभिजन कार्यक्रममा सहभागि हुन पनि तयारी थाल्न सकिने भएको छ ।
मनोरञ्जन र ज्ञान एकैसाथ पाइने गरि बनाइएको मोबाइल एपमा पनि विभिन्न विधाका प्रश्नहरु भीन्न भीन्न ढाँचामा खेल्न सकिने छ । एपमा पनि ‘फास्टेस फिंगर फस्ट’ लगायतका सबै विधाका प्रश्न समावेश छन् ।
पाँचौ हप्ताका केकेएफसी क्विज जित्ने विजेता घोषणा !
को बन्छ करोडपति कार्यक्रमको मोबाइल एप ‘केबीसी नेपाल’ मा केकेएपसी रेष्टुरेन्टद्वारा प्रायोजन गरिकएको क्विज खेलेर विजेताहरु घोषणा गरिएको छ । पाँचौ हप्ताका विजेताहरु यसप्रकार छन् ।
केरसिन तामाङ पहिलो हुनुभएको छ र जित्नुएको छ रु. २५२० बराबरको ‘स्पेशल’ खाना/खाजा । कुमार बानीयाँ दोस्रो हुनुभएको छ र जित्नुएको छ रु. १४५५ बराबरको एक ‘बिरयानी बकेट’ र ८ पिस ‘क्रिस्पी चिकेन’। सुरक्षा खनाल तेस्रो हुनुभएको छ र जित्नुभएको छ रु. ९९० बराबरको पिस क्रिस्पी ग्रिल्ड चिकेन। हरि अधीकारि चौथो हुनुभएको छ र जित्नुभएको छ रु. ३७५ बराबरको २ पिस बर्गर/फ्राइ/ ड्रिंक्स ।
बाँकि दश जनाले ३०% क्यास ब्याक प्राप्त गर्नुभएको छ । दश जनामा पर्नुभएकामा धन बहादुर थापामगर, नमुना खतिवडा , गौरिलाल श्रेष्ठ, सुजल श्रेष्ठ, खगेन्द्र गुरुङ, सुवास ढकाल, ललित धामी, थर्क बुढाथोकी, रुपा गुरुङ र भोजराज भट्ट छन् ।
पुरस्कारबारे र थप जानकारीबारे जान्न [email protected] अथवा फेशबुक पेज केबीसी नेपालमा सम्पर्क गर्न सकिनेछ ।
फाइट ब्याक क्विज जित्ने पाँचौ हप्ताको नतिजा यसप्रकार छः
सरस्वति दहालले प्रथम स्थान प्राप्त गर्नुभएको छ । उहाँले आफ्नो ५ जनाको समुहसहित निःशुल्क आत्मरक्षा तालिम लिन सक्नुहुनेछ । अस्लम भाटले दोस्रो स्थान प्राप्त गर्नुभएको छ । उहाँले आफ्नो ३ जनाको समुहसहित निःशुल्क आत्मरक्षा तालिम लिन सक्नुहुनेछ ।
रमा बौद्धाचार्य ले तेस्रो स्थान प्राप्त गर्नुभएको छ । उहाँले आफ्नो जोडी(एक जना अन्य) सहित निःशुल्क आत्मरक्षा तालिम लिन सक्नुहुनेछ । प्रिति चौधरी, घनश्याम प्रसाद जैशवाल र त्रिलोचन नीरौला चौथो स्थानमा पर्नुभएको छ । उहाँहरुले Fight Back को टि-सर्ट पुरस्कार पाउनुभएको छ । अर्को हप्ताको विजेता हुन चाहनुहुन्छ भने केबीसी नेपाल एपमा फाइटब्याक स्पोन्सर्ड क्विज खेल्नुहोला ।
यस्तै हाम्रो मन्टेस्वरी क्विज पाँचौ हप्ताको नतिजा यसप्रकार छः
विशाल गौतम प्रथम स्थान प्राप्त गर्नुभएको छ । उहाँले हाम्रो मन्टेस्वरी को विद्यार्थी भर्नामा १००% छुट प्राप्त गर्नु भएको छ। ममता लम्साल सुवेदीले दोस्रो स्थान प्राप्त गर्नुभएको छ । उहाँले हाम्रो मन्टेस्वरी को विद्यार्थी भर्नामा ५ ०% छुट प्राप्त गर्नु भएको छ। रवीन्द्र मानन्धरले तेस्रो स्थान प्राप्त गर्नुभएको छ । उहाँले हाम्रो मन्टेस्वरी को विद्यार्थी भर्नामा २५ % छुट प्राप्त गर्नु भएको छ। अर्को हप्ताको विजेता हुन चाहनुहुन्छ भने केबीसी खेल्नुहोला ।
के के छन् त पुरस्कारहरु ?
‘सिभिल बैंक क्विजः दिनकै २०७५ जितिने र खाता खोल्दा सित्तैमा सय रुपैँया’
कार्यक्रमको बैंकिङ पार्टनर रहेको सिभिल बैंकले एपमा समेत आफ्नो प्रायोजनको क्विज राखेको छ । ‘सिभिल बैंक स्पोन्सर्ड क्विज’ खेल्ने प्रयोगकर्ता मध्ये एकजनाले दिनको दुइ हजार पचहत्तर रुपैँया पुरस्कार जित्नेछन ।
बैंकको प्रायोजित प्रश्नहरुमा सहभागि हुने प्रतियोगीहरुले बैंक खाता खोल्दा स्वतः १०० जम्मा हुने पनि बताइएको छ । केबीसी नेपाल एपबाट खाता खोल्ने प्रकृया सुरु गरेर नजिकको सिभिल बैंक साखामा गएर खातालाइ पूर्णता दिन सकिनेछ । प्रयोगकर्ताहरुले परिचय खुल्ने कागजात लिएर बैंकको साखामा गएसंगै केबीसी नेपालको प्रयोगकर्ताले सित्तैमा १०० खातामा पाउनेछन ।
केकेएफसि क्विजः सित्तैमा रु. २५२० बराबरको ‘स्पेशल’ खाना देखि १०% क्यास ब्याक सम्म !
को बन्छ करोडपतिको ‘फुडिङ पार्टनर’ केकेएफसीले पनि आफ्नो प्रायोजनमा रहेको क्विज खेल्ने प्रतियोगीलाइ विभिन्न अफरहरु घोषणा गरेको छ । केकेएफसी साप्ताहिक क्विज खेलेर पहिलो हुने एक जनालाइ रु. २५२० बराबरको ‘स्पेशल’ खाना/खाजाको व्यवस्था गरेको छ ।
यस्तै दोस्रो हुनेलाइ एक ‘बिरयानी बकेट’ र ८ पिस ‘क्रिस्पी चिकेन’ प्रदान गरिनेछ जसको मुल्य रु. १४५५ पर्दछ । तेस्रो हुनेले ६ पिस क्रिस्पी ग्रिल्ड चिकेन र चौथो हुनेले २ पिस बर्गर/फ्राइ/ ड्रिंक्स पाउनेछन जसको मुल्य क्रमशः रु. ९९० र ३७५ छ । यस्तै पाचौँ हुने १० जनालाइ ३०% क्यासब्याक उपहार राखिएको छ । सान्त्वना पुरस्कार स्वरुप केबीसी नेपाल एपमा केकेएफसी सप्ताहिक क्विज खेल्ने सबैलाइ १०% क्यासब्याक पुरस्कार राखिएको छ ।
क्विज खेलेरै नीशुल्क मन्टेस्वरी कक्षा र प्रतिरक्षा तालिम !
यस्तै एपमा आफ्नो प्रायोजन राखेका हाम्रो मन्टेस्वरी एण्ड डे केयर हाउसले क्विज विजेताहरु मध्ये निश्चितलाइ मन्टेस्वरीमा नीशुल्क बच्चा पढाउने तथा फाइटब्याक भन्ने सँस्थाले नीशुल्क प्रतिरक्षा तालिम दिने भएका छन् ।
यो पनि पढनुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै