
हनुमन्ते नदि सफाईको ५१ औं हप्ता बिशेष
१ फाल्गुन २०७५, बुधबार १५:००
काठमाडौं एउटा सभ्यता हो अनि इतिहासपूर्वको एउटा शहर जहाँ पुराण देखि महाभारत अनि रामायणसम्मका किस्साहरु जोडिएका छन् । बाग्मती नदि किनारको यस सभ्यतामा नदिहरुको बिशेष देन अनि भूमिका छ । बाग्मती, बिष्णुमती, हनुमन्ते, कर्मनाशा, धोबिखोला, मनहरा लगायत थुप्रै नदिहरु जन्म जन्मान्तर देखि इतिहासक यि किस्सा अनि सभ्यताका भाकाहरु लिएर बगीरहेका छन् । तर आधुनिकिकरण संगै नदिको प्रदुषण अनि नदिको सतहमा ढलनिकासाको प्रावधान लगायत अव्यबस्थित बसोवासले सभ्यतालाई परैबाट चिर्दै नदिको दोहन शुरु भएको छ । क्रमशः यस सभ्यता नदि सरसफाई र नदिप्रेमका कार्यक्रमहरु सहित आउन थाले, बाग्मती सरसफाई अभियान र हनुमन्ते नदि सरसफाई अभियान यस्को एउटा सुनौलो प्रारुप हो ।
हनुमन्ते नदि सरसफाई अभियानको ५१ औं हप्ताको यस बिशेष समाचार आज लाइभमाण्डुमा लिएर आएका छौं । यस बिशेष कार्यक्रम आयोजनार्थ हनुमन्ते नदि सरसफाई ५१ हप्ता कार्यक्रम मूल आयोजक समारोह समितिले रिपोर्टर्स क्लबमा बुधबार औपचारीक प्रेस भेला गरेको छ । पत्रकार सम्मेलनमा अभियानको ५१औं हप्ताको दिन फागुन ४ गते शनिबार नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहकोको उपस्थिति रहने जनाइयो । सोही दिन प्रमुख अतिथि दाहालले भक्तपुरको सल्लाघारीमा झण्डोत्तोलन गरी सफाइ अभियानको उद्घाटन गर्ने भएका छन् ।
स्वच्छ, सुन्दर र हराभर भक्तपुर बनाउने उद्देश्यका साथ नेकपाका युवा नेता तथा प्रतिनिभिसभा सदस्य महेश बस्नेतको विशेष पहलमा शुरु भएको सफाई अभियानले उल्लेखनिय सफलता पाइसकेको छ । सामाजिक क्रियाकलापमा सक्रिय बस्नेतले हनुमन्ते नदि सफाई अभियानसँगै करिडोर निर्माण, अरनिको राजमार्ग केन्द्रित सफाई अभियान, भक्तपुरमा प्रस्तावित प्राणी उद्यान केन्द्र, सभाहल, स्टेडियम निर्माण तथा कोटेश्वरको जाम न्यूनिकरणका लागि बिशेष पहल गर्दै आइरहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै सांसद बस्नेतले सफाई अभियानको झण्डै एक वर्षको यो अवधिमा अहिलेसम्म ७२ टन फोहोर उठाएको जानकारी गराउँदै विकासप्रतिको दृष्टिकोण नै परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले भने–‘हामीले अब सरसफाई, सभ्यता, शिक्षाजस्ता बिषयमा देशभरि अभियान नै चलाउनुपर्छ ।’ राज्यको बिना लगानी सफाई अभियानलाई ५१ औं हप्तासम्म पुर्याउन सफल भएको पनि दाबी गरे ।
बस्नेतले आफुहरुले सुरु गरेको अरनीको राजमार्ग सफाई अभियाने पनि छोटो समयमै सफलतातर्फ लम्किएको दावी गरे । पछिल्लो यो दुई महिनाको अवधिलाई हेर्ने हो भने अरनीको राजमार्गअन्तर्गत भक्तपुर सडक खण्डमा दुर्घट्ना कम भएको र कोटेश्वरको जाम पनि कम भएको दावी गरे ।
यही फागुन ४ गते बिहान ७ बजे मध्यपुर अस्पतालको दक्षिणतर्फ रहेको मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानास्थित हनुमन्ते नदीको पुलबाट सफाइ अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको नेतृत्वमा वाकाथुनसमेत हुने आयोजक मूल समितिले जनाएको छ ।सफाई अभियानमा भक्तपुरका प्राय सबै जनप्रतिनिधिका साथसाथै स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीदेखि विद्यालय स्तरको पनि सहभागिता रहँदै आएको छ । त्यसैले पनि हनुमन्ते नदीको सफाई अभियान एउटा उदाहरणिय मात्र नभई एक आपसमा स्थानीय जनतासँग प्रतिनिधिससँगको सहकार्यको महत्वपूर्ण पक्षको रुपमा स्थापित भइसकेको छ ।
हनुमन्ते लगायत अन्य नदिहरु सरसफाईका अभियानका समाचारहरु पनि आउन र यस्ता कार्यक्रमहरु नागरीक समाजको अभिन्न अभियान र क्रियाशीलतामा समावेश होस् । हाम्रो शुभकामना
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै