
सन्त भ्यालेनटाइनको बकपत्र
१ फाल्गुन २०७५, बुधबार २०:३०
लोकप्रिय
एक अर्काका आवरणमा रगरगाउने
क्षणिक आकर्षणमा मर्ने र बाँच्ने
प्रेमका कलङ्क झैँ
एक अर्काका तृष्णामै मात्र डुबिरहने
ए प्रेमका स्याउँस्याउँती किराहरू !
मेरो पवित्र नाउँमाथि खेलवाड नगर,
मेरो अमर नाउँलाई वदनाम नगर ।
•
मेरो प्रेमको तपस्या र तिलाञ्जलीलाई
लोगो र व्यापार बनाउनेहरू
भो मेरो व्यापार नगर,
रातो गुलाफभित्र
निहीत स्वार्थ लुकाउँदै
मेरो नाउँ धमिल्याउनेहरू
भो फूलको अतिक्रमण बन्द गर ।
लोभी, भोका र अन्धा प्रेमीहरूको
शिरको ताज बन्नु छैन मलाई,
युगौँदेखिको मेरो चाहको परिणाम
साँचो प्रेमका लागि तिरोहित
मेरो वलिदान
खरानी बनाउनु छैन मलाई
यस शहरको
दुर्गन्धित वाग्मतीको ढलमा
पवित्र अस्तु झैँ भएर
प्रत्येक पल बगिरहेको
मेरो प्रेमको अस्मिता
हेर्नु छैन मलाई ।
•
भो म हेर्न सक्दिन
तिम्रो यो प्रेमलीला !
सावधान ए कुटिल प्रेमीहरू!
म कर्फ्यू लगाउँदै छु
सैनिक पठाउँदै छु ।
•
भित्र्याँसमा मुर्दावाद बोकेर
बाहिर बाहिर
जिन्दावादको नारा घन्क्याउन पाइन्न
बन्द गर यो हस्तक्षेपको संसार !
बन्द गर यो प्रेमको नाटक !
बन्द गर यो देह बजार !
© इन्दिरा प्रसाई
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मानिसको व्यक्तित्वमा उसको अनुहारको ठुलो भूमिका हुने गर्दछ । झट्ट हेर्दा सफा, राम्रो र चम्किलो अनुहारले सबैलाई प्रभावित पार्दछ ।
वासिंटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना आफूलाई निकालिदिएदेखि ट्विटर अत्यन्तै ‘बोरिङ’ भएको र यसले लाखौँ प्रयोगकर्ता गुमाइसकेको बताएका
काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । पीएसएल खेल्न सन्दीप
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणली स्थापना गर्ने तयारी गरिएको बताउनुभएको छ ।