Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

एकपछि अर्को गीतमा धमाका मच्चाउँदै प्रियंका कार्की “रोमान्टिक छु” ( भिडियो सहित )

२ फाल्गुन २०७५, बिहीबार ११:४६


एकपछि अर्को गीतमा धमाका मच्चाउँदै प्रियंका कार्की, यो वर्षकै हिट बन्न योग्य गीत “रोमान्टिक छु” मा गरिन् गज्जबको नृत्य पिरिम नलाउनेले हंगामा मच्चाएपछि प्रियंकालाई लिएर रोमान्टिक छु बोलको डान्सिगं गीतको भिडियो ल्याए सचिनले, अञ्जु पन्तको स्वर रहेको गीतमा प्रियंका कार्कीको अहिलेसम्मकै दमदार नृत्य , हेर्नुहोस् भिडियो

काठमाडौँ , चर्चित गायक आशिष गौतम सचिनको चर्चा अहिले उत्कर्षमा छ । पिरिम नलाउने बोलको गीतले हंगामा पिटेसँगै आशिष र अञ्जु पन्तको स्वरमा रहेको गीत रोमान्टिक छु बोलको गीतको भिडियोले पनि राम्रो चर्चा र प्रतिक्रिया बटुलीरहेको छ । भिडियोमा चर्चित नायिका प्रियंका कार्कीको अहिलेसम्मकै धमाकेदार अभिनय रहेको छ । जसमा नायिका कार्कीलाई भिजु पार्कीले अभिनयमा साथ दिएका छन् ।

नृपेश उप्रेतीका शब्द शृजना समावेश गीतमा संगीत चर्चित संगीतकार अर्जुन पोखरेलले भरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन भरत दाहालले गरेका हुन् । पिरिम नलाउने बोलको गीतलाई करिब ३ करोड दर्शकले माया दिएसँगै उत्साहित बनेका गायक आशिषले सार्वजनिक गरेको डान्सिगं गीतलाई आफ्ना दर्शकले अत्यधिक रुचाउनेमा उनी विश्वस्त छन् । जुन गीतमा नायिका कार्की अत्यन्तै खुलेर गरेको नृत्यले राम्रो चर्चा पाइरहको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका