बैवाहीक जिवन बिगार्ने मुख्य कारणहरु


सात फेरा लगाएर नि अग्नी साक्षी राखेर अपनाएका जीवनसाथी अनि रंगिन संसार सदैब रंगिन बनिहोस्, यस बर्ष बिसं २०७५ सालमा लगनगाँठो कस्नुभएका अनि कस्नुहुने सबैलाई शुभकामना ।हामी सबै जनालाई आफ्ना लागि अत्यन्त ठीक अनि मिल्ने जोडीसंग जीवन बिताउने रहर छ, हैन ? रसिक अर्थात रोमान्स कति रमाइलो र आनन्दमयी हुन्छ तर हरेक रोमान्स फिल्ममा जस्तो मीठो कहाँ हुन्छन् र ?
धेरै रोमान्सहरु त दुबिधा अनि बैमनस्यतामा पनि अन्त्य हुनेगरेका छन् । समबन्ध अत्यन्त संवेदनशील कुरा हो, यसको मिठासलाई सदैव जोगाएर राख्न सक्नुपर्दछ । यो निश्चित हो कि हरेक जोडीहरु आफैमा नौला अनि मिठा हुन्छन्, जोडी अनि प्रेमको तुलना त पक्कै हुँदैन तर जति लामो समय जीवन साथै बितायो त्यती नै जीवनमा अफ्ठेराहरु बढ्न सक्दछन अनि समबन्ध टुट्न पनि सक्दछन ।

नवबिवाहीत जोडीहरुको अनि परिवारको एकआपसमा नयाँ संगम शुरु भएको हुन्छ । तर लगनगाँठो संगै आउने अन्य कर्तव्य अनि अधिकारका गाँठाहरुमा दुबै जना एक भएर खडा हुन नसक्दा या अन्य बिभिन्न कारणले नेपाली समाजमा समबन्धबिच्छेद अर्थात डिभोर्स हुने क्रम बढ्दो छ । पूर्वीय संस्कारले सदैव मिलेर बस्न अनि एकअर्कालाई स्थान दिन सिकाँउदछ, बिहेमा बेहुलीको सप्को समातेर पछि लागेको बेहुला अनि अघि लागेकी बेहुलीका पाइलाहरु कुन्नी कता अनि कतिखेर बिराना हुन पुग्दछन ?आखिर किन बढिरहेको छ त समबन्ध बिच्छेदका खबरहरु ? अनि के कारणले हुन्छ त डिभोर्स ? चर्चा गरौं ,
यहाँ हामी बिवाह टुट्नुका मुख्य ४ कारणहरु व्याख्या गर्न जाँदैछौ, यी कारणहरु भारतका चर्चीत कानुनी अधिवक्ताहरुले आफ्नो बर्षोको अध्ययन र अनुभव पछि अभिव्यक्त गरेका हुन् । यस अध्ययनलाई भारतको मुलधारको पत्रिका टाईम्स अफ ईण्डियाले पनि साभार गरेको थियो ।

१, बिश्वासका कारणले समबन्धमा प्रतिकुलता

भारतकी सर्वोच्च अदालतकी अधिवक्तासम्म भइसकेकी श्रद्धा दालवीका अनुसार बिवाहपछिको जीवनस्तरको अपेक्षा र यर्थाथनै बिवाह टुट्नुको मुख्य कारण हो । जोडीहरुले एकअर्कालाई राम्रो नचिनेरै बिवाहमा हामफाल्दछन्, अहिले धेरैजना आर्थिक रुपमा स्वतन्त्र छौं जसले गर्दा नचाहीदो आत्मबिश्वास बढ्न जान्छ र सानो कुरामा पनि ईगोका कारणले समबन्ध टुट्ने गर्दछ । सफल समबन्धमा धैर्य अनि संझौता दुबै चाहिन्छ । करियर या भविष्य अनि केटाकेटी दुबैतर्फका आमाबुवाको अस्थालाई लिएर अधिकांश जोडीको झगडा लामो समयसम्म चलीरहने बताइन्छ । जहाँ ईगोले खान्छ त्यहाँ समबन्ध अनि संझौताको गुञ्जाइस नहुने बताइन्छ । चाहीने भन्दा धेरै नै सुरक्षात्मक अनि नचाँहीदा प्रश्नोत्तर,ईष्र्या अनि बढिनै प्रतिस्पर्धा पनि समबन्धका लागि हानीकारक छ । बिवाह या जोडी भनेको मिलेर बस्नलाई हो कुनै प्रतिस्पर्धा या दौड त पक्कै हैन जसमा जीत अत्यावश्यक हुन्छ । समबन्धमा बिश्वास अनि संझौताको भूमिका बास्तवमै जरुरी हुन्छ । तसर्थ बिवाहीत साथीहरु तपाईहरुपनि यस बर्षबाट ईगोलाई त्याग्दै अगाडी बढ्ने अनि समबन्धमा अनुकुलता थप्ने बारे सोच्ने कि ?

२, सञ्चार समस्या

वासिंगटन यूनिभरसीटीका कपल स्टडिजका प्राध्यापक डाक्टर जन गोटम्यानका अनुसार उनको २० बर्षे अध्ययनले देखाएअनुरुप सञ्चारको कमी अनि अपारदर्शी बानीले जोडीहरु बिच एकर्आलाई शंका गर्ने प्रशस्त स्थान दिनेगर्दछ । यो शंका नै पछि गएर समबन्धको अन्त्य हुने अवस्थासम्म पुग्दछ । आफ्ना कुराहरु स्पष्ट रुपमा राखिदिने, मन पर्ने र नपर्नेकुराहरु भनिदिने र दुबै मिलेर साझा खुशीका पलहरु निर्माण गर्नु समबन्धकालागि अत्यन्त जरुरी मानिन्छ । अहिले त झन सुचना प्रविधीको अधिकतम प्रयोगगको यूगमा ससाना कुराहरुले नै धेरै शंका उत्पन्न गराउन सक्दछ, एउटा सानो लाइक्स या कमेन्टलेनै जीवन भरि डिस्लाइक्स नबनाउन प्रभावकारी सञ्चार अनि समभाव जरुरी छ । नार्सिस्म अर्थात आफू केन्द्रित सोचाई, मपाँई र आफू कहिल्यै गलत हुदिन भन्ने धारणाका रुपमा लिइन सकिन्छ र यस नार्सिस्मलाई पनि समबन्ध तोड्ने मुख्य कारकका रुपमा लिइन्छ । मायो क्लीनिक अनि अध्ययन केन्द्रले त नार्सिस्मलाई मानसिक रोगकै रुपमा व्याख्या गरेको छ, तारिफ या स्वमुल्यमकंनको गहिरो चाहलाई नार्सिस्म भनिएको छ । समबन्धमा नार्सिस्म ल्याएमा समबन्ध बिग्रन समय लाग्दैन्, यसतर्फ पनि सचेत हुने कि ?के तपाँईलाई थाहा छ ?
समबन्धमा राम्रो सञ्चार र बुझाई नभएकाले नै ६० प्रतिशत टुटेका जोडीहरुले नयाँ साथी खोज्न बाध्य भएको बताएक छन् । कुरा गराई अनि बुझाई ले नै एकअर्कालाई एकअर्कासंग जोडेर राख्दछ है ।

३, आर्थिक अपेक्षा अनि महत्वाकांक्षा
यो एउटा गहिरो मनोभाव हो, अहिलेको पुस्तामा छोटोसमयमा धेरै कमाउन अनि रातारात परिवर्तन गर्न चाह छ । कतै त्यो होडबाजीमा हामीले आफ्ना समबन्धका मिठा पललाई गुमाईरहेका त छैनौं ?
आर्थिक ढलमलाडटले बिश्वास, माया, भविष्य अनि सुरक्षामा समेत प्रभाव पारेको देखिन्छ । बिवाह र आर्थिक बिकास बिल्कुल छुटै कुरा हुन्, राम्रो जीवन बिताउन र महंगो शैली अपनाउन बिवाह गर्दे हुनु हुन्छ भने सचेत रहनुहोला है । आर्थिक अवस्थालाई बलियो र दिघो पार्न एकअर्कालाई भर्याङ्ग हैन बरु साझा खुड्किलो बन्न आवश्यक हुन्छ । एकअर्काको जीवनको प्रार्थमिक्ता मिल्नपर्दछ भन्ने हैन र कमजोर पक्षले प्रार्थमिक्ताको तिलाञ्जली दिएर मात्र समबन्ध राम्रो हुन्छ भन्ने पनि हैन रु दुबै पक्ष मिलेर एकअर्काको प्रार्थमिक्ताकालागि अघि बढ्न जरुरी देखिन्छ । जीवनमा आआफ्नो स्पीडमा तर एउटै धारमा अघि बढ्नुहोला, शुभकामना छ ।

लाइभमाण्डु


Loading comments...