
उत्तर कोरियाको गोप्य मिसाइल केन्द्र
२ फाल्गुन २०७५, बिहीबार १९:००
पोहोर साल यतिबेला विश्व अमेरिका र उत्तर कोरियाली राष्ट्रपतीहरुको टेबलमा भएको मिसाइलको स्वीचको शक्ति बक्तब्यहरु अनि भावी आणविक युद्धको चपेटामा आक्रान्त थियो । तर क्रमश अमेरिकी र उत्तर कोरियाली राष्ट्रपतीहरुको भेट अनि दौंतरी समबन्धको किस्ससाहरु जसैजसै आउन थाले तसै तसै विश्वले शान्तिको आभाष पाउन थाल्यो । अब फेरि अमेरिकी राष्ट्रपती र उत्तर कोरियाली राष्ट्रपतीको भेट कार्यको कुरा चलिरहँदा भर्खरै अमेरिकी गुप्तचर बिभागले उत्तर कोरियाको लुकेको मिसाइल केन्द्रको पत्ता लगाएको छ ।
दुबै देशहरु एकअर्कासंगको आणविक भयमा रहेको बताइन्छ तथापी दुबै देशहरु डिन्यूट्रिलाइजेशनको प्रस्तावमा सहमत छैनन् । उत्तर कोरिया अमेरिकी शक्ति प्रभुत्व स्वीकार्न तयार छैन र अमेरिका झनै शक्तिको उन्मादमा सदैव छ । अब यस परिस्थितीमा आउनुहोस् कुरा गरौं यो उत्तर कोरियाको मिसाइल केन्द्रको समाचारले अमेरिका र उत्तर कोरियाविचको समबन्धमा कतिको चिस्यान पर्ने हो भनी ।
उत्तर कोरियासंग लामो दुरिका बेलीस्टीक मिसाइलहरुको २० वटा केन्द्र रहेको बताइन्छ । अमेरिकाको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज नामक संस्थाले निकालेको प्रतिवेदनमा उत्तर कोरियाको सिनो रि र नोडोगं भन्ने ठाँउमा सक्रिय दुईवटा मिसाइल केन्द्र रहेको बताइन्छ । यी केन्द्रहरु सक्रिय भएको र फस्र्ट स्ट्राइक गर्न सक्षम रहेको बताइन्छ ।
उक्त अमेरिकी एजेन्सीका अनुसार उत्तर कोरियाका सबै अघोषित २० वटा मिसाइल केन्द्रहरु फस्र्ट एटाक गर्न तत्पर र सक्षम छन् । यस हिसाबमा अमेरिकी पक्षको डिनयूक्लीयराइजेशन संभव नभएको र उल्टै न्यूक्लीयर पथमा उत्तर कोरिया झनै अघि बढिरहेको बताइन्छ ।
उत्तर कोरियाका बिषयमा अमेरिकी तर्फबाट निकै नजिक रहेका अनि बार्ता टोलीमा पनि सहभागी लेखक भिक्टर चा ले औपचारीक बक्तव्यमा उत्तर कोरियाले गेम खेलेको आरोप पनि लगाए भनी हफिगंटन पोष्ट लेख्दछ ।
डिसेम्बर महिनाको २७ तारिखको स्याटलाईट रिपोर्टका तस्वीरहरुले ति स्थानमा बंकर अनि बिभिन्न बख्तरबन्दहरुको तस्वीर पठाएको थियो । ह्वाइट हाउसको आधिकारीक बक्तव्य आउन बाँकी छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,