Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार

यस्तो बन्यो भियतनाममा खिचिएको लभ स्टेशनको गीत

३ फाल्गुन २०७५, शुक्रबार १४:१०

लोकप्रिय

काठमाडौं, ३ फागुन
चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत घाम जुन चाहिँदैन…को भिडियो दर्शकमाझ ल्याईएको छ । जसमा लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका छ । त्यसैले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा प्रदीप र जसिताले आफ्ना प्रिय दर्शकलाई प्रेमिल गीत घाम जुन…उपहार दिएको बताएका छन् ।

आगामी २२ चैतबाट सिनेमा हलमा रिलिज हुने यो लभ स्टेशनको घाम जुन चाहिँदैन…को भिडियो बुढा सुब्बा डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ ।
यो गीतमा घाम जुन चाहिँदैन मायाँ भए पुग्छ…भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् । छायाँकनको हिसावले गीतको भिडियो निकै सुन्दर बनेको छ । छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको हो । यो लेकेशनमा दर्जनौं हलिउड मूभिहरु छायाँकन भईसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको माग अनुसार नै यो सुन्दर ठाउँमा छायाँकन गरिएको पनि शाहीले जानकारी गराए ।

यसै बिषयमा अभिनेता प्रदीप खड्काले आज भ्यालेन्टाईन डे र यो गीत पनि लभ सङ भएकाले दर्शकलाई प्रणय दिवसको अबसर पारेर रिलिज गरेको जानकारी गराए । रिलिजको लागि अब ५१ दिन बाँकी भएकाले पनि प्रचारको क्रम यही गीतबाट सुरुवात गरिएको पनि उनले प्रकाश पारे ।

यो पारिवारिकसँगै प्रेम कथासँगै ‘लस्ट एन्ड फाउन्ड’ स्टोरीमा आधारित रहेको अभिनेता प्रदीपले जानकारी गराए । अग्रज निर्देशक उज्ज्जल घिमिरेले बनाएको यो चलचित्र परिपक्क बनेको पनि उनले बताए,‘लिली बिलीबाट दर्शकले साह्रै मायाँ गर्नु भएको जसिता र मेरो जोडीलाई एक पटक पुन उहाँहरुले लभ स्टेशनबाट त्यो भन्दा सार्थक रुपमा पर्दामा यहाँहरुले देख्न पाउनु हुनेछ ।’

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

 

भिडियो लिँक

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए