Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

सरस्वतीका १२ नामहरु

१६ माघ २०७६, बिहीबार ११:४७


दिपावलीमा धनकी देवी लक्ष्मी, नवरात्रीमा शक्तिकी देवी दुर्गा भवानी अनि सरस्वती पूजामा विद्या अनि कलाकी देवी सरस्वतीको उपासना गरिन्छ । यस बर्षको माघ शुक्ल पञ्चमीको सरस्वती पूजा भर्खरै सकिएको छ । यस पञ्चमीलाई बसन्त पञ्चमी पनि भनिन्छ, शास्त्रका अनुसार अब हिँउदको तुसारो घट्दै गएर यस दिनबाट बसन्त औपचारीक रुपमा शुरु भएको छ । तसर्थ यस वर्षको बसन्तमासमा सबैलाई स्वागत ।

सरस्वतीको मनपर्ने रंग सेतो रंग हो र यसै रंगमा सरस्वती मूर्तिको सजावट गरिन्छ अनि सेतै रंगको पहिरनमा सजिएका पूजारीहरुले पूजा गर्दछन् ।

प्राकृतिक रुपमा पनि रुखहरुमा नयाँ पात अनि हाँगाहरुको अकुंरण भइरहेको समयमा कोपिला अनि नव हरियालीहरुले पनि आशा अनि जिवनको वाचा गरिरहेको जस्तो भान बसन्तको शुरुवाती दिनहरुमा हुने गर्दछ ।

प्रेमका प्रतिमुर्ति मदनको जन्म भएको अनि मदन र उसकी श्रीमती रती बिचको बैवाहीक समबन्ध राम्रो होस् भन्ने कामना पनि सरस्वती पूजामा गरिन्छ जुन हामीमध्य कमैलाई मात्र थाहा हुनसक्छ । यस दिनलाई प्रीतसंग जोडेर शुभसाइत मान्दै बिवाहको लग्न पनि कायम गरिएको हुन्छ ।

प्रथमं भारती नाम द्वितीयं च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थं हंसवाहिनी ।।
पंचमं जगती ख्याता षष्ठं वागीश्वरी तथा ।
सप्तमं कुमुदी प्रोक्ता अष्टमं ब्रह्मचारिणी ।।
नवमं बुद्धिदात्री च दशमं वरदायिनी ।
एकादशं चन्द्रकान्तिर्द्वादशं भुवनेश्वरी ।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते नित्यं ब्रह्मरूपा सरस्वती ।।

यि विद्याकी देवीको १२ वटै नामको पुकारा गरिन्छ र विद्या र बिवेकको अर्चना गरिन्छ । ब्रह्मा की मानसपुत्रि सरस्वती विद्याकी देवीका रुपमा लोकबिश्रुत हुनुहुन्छ । सरस्वतीका अन्य नामहरु जस्तै श्वेतपद्मासना, शारदा,वाणी, वाग्देवी, भारती, वागेश्वरी श्वेत वस्त्रधारिणी, इत्यादि हरु हुन र भनिन्छ कि यी देवीको सच्चा मनले उपासना गरेमा मुर्ख पनि विद्वान बन्ने गर्दछन्।

या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
शुक्लां ब्रह्मविचारसारपरमांद्यां जगद्व्यापनीं ।
वीणा९पुस्तक९धारिणीमभयदां जाड्यांधकारपहाम्।।
हस्ते स्फाटिक मालिकां विदधतीं पद्मासने संस्थिताम् ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।

जय सरस्वती माता
विधाकी देवीले सबैको कल्याण गरुन् ।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा