Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक

४ फाल्गुन २०७५, शनिबार १५:०४

लोकप्रिय

ऋचा घिमिरेको प्रस्तुतिमा, शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक भएको छ । BODHI HD तथा 8848 मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको चलचित्र “तुलसी” चाँडै नै सार्वजनिक हुने जानकारी कलाकार तथा प्रस्तुतिकर्ता ऋचा घिमिरेले बताउनुभयो । छुवाछुत तथा जातिय विभेद जस्तो गहन विषयवस्तुमा केन्द्रित चलचित्र “तुलसी”ले चेतनाका साथै मनोरञ्जन दिन्छ ।

ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर रहेका छन् ।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. को ब्यानरमा तयार “तुलसी” वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको अनुभवले सजिएको छ । यस अघि सार्वजनिक “आजको रमाइलो बेला” बोलको गीतलाई दर्शकले रुचाएका छन् जसमा एकसाथ सबै सुपरस्टारहरु राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, तृप्ति नाडकर, भुवन केसी, मौसमी मल्लको नृत्य रहको छ । चलचित्रमा जम्मा पाँचवटा गीतहरु रहेका छन् जसमा आशा भोषले, साधना सरगम, शान तथा सुपरहीट लोकप्रिय गायक स्व. कुमार कान्छाले स्वर दिनुभएको छ ।

पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र ‘तुलसी’को एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । ‘तुलसी’लाई शिवम् अधिकारीले लेखेका हुन् जसको सम्पालन शिव पुरीले गर्नुभएको हो भने यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,