Migraine Headache

माइग्रेनले हुने टाउको दुखाइको कारण र समाधानको उपाय के हुन् ?


१. Migraine Headache का लक्षणहरु के के हुन् ?
–खप्नै नसकिने खालको टाउको दुख्ने l प्राय टाउकाको एक पट्टिको भाग मात्र दुख्ने; बिस्तारै आँखा, कन्चट, घाँटी, कान आदि पनि दुख्ने; चल्न, हिंड्न वा सामान्य काम गर्न खोज्दा, वा चर्को आवाज र प्रकाशले दुखाई झन् बढ्ने; बान्ता होला जस्तो वाक्वाक्ति हुने, कहिले काहीं बान्ता पनि हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ); रिंगटा लाग्ला जस्तो हुने, आँखामा बादल लागेजस्तो गरी केहीबेर दृष्टिमा समस्या हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ); थकित हुने, शरीर गल्ने र अंध्यारो र एकान्त ठाउँमा सुत्न मन लाग्ने; दुखाई केहि घण्टा देखि केहि दिनसम्म रहने र बेला बेलामा यी लक्षणहरु फर्किने र बर्षौंसम्म रहने
कसै-कसैमा मुख्य Migraine Headache का लक्षणहरु देखिनु ठिक केहि मिनेट (वा केहि घण्टा) अगाडी Aura (अर्थात्: पुर्वलक्षणहरु) देखा पर्छन् l ती पुर्वलक्षणहरु व्यक्ति अनुसार फरक हुन्छन् l केहि लक्षणहरु यस प्रकारका छन् l (दृष्टिमा समस्या) आँखाले हेर्दा आँफु अगाडिको ठिक बिचको केहि भाग देख्न गार्हो पर्ने वा आधा भाग नै देख्न नसकिने वा पुरै आँखा तिरमिर हुने वा केहिबेर सब अँध्यारो हुने; हात खुट्टा निकै गरुङ्गो भएको जस्तो वा निकै कम्जोर भएको जस्तो महशुस हुने; बोल्न अक्मक्कीने, स्मरण शक्ति गुमेको जस्तो लाग्ने, अत्तालिने आदि

२. Migraine Headache का Triggers (रोग ब्युँत्याउने तत्वहरु) के के हुन्?
धेरैलाई Migraine Headache आउने र जाने जिन्दगी भर भैराख्छ l केहि समय हराएको Migraine Headache कहिले काँही कुनै कुराले बिउँताउने गर्छ l सबै व्यक्तिमा triggers हरु हुँदैनन् र हुनेमा पनि सबैका एकै किसिमका हुँदैनन् र Triggers हरु जे पनि जस्तो पनि हुन सक्छन् l यस्ता Triggers पत्ता लगाउन व्यक्ति आँफैले खाएको, भोगेको, वा गरेको दैनिकी (खासगरी Migraine Headache भएको दिनको) डायरी तयार पार्नुपर्छl याद गर्नुहोस् Triggers (बिउँताउने कुरा) र Cause (रोगको कारण) फरक कुरा हुन्l Triggers हरु प्राय यस प्रकारका हुन्छन् l (खानेकुरा) सुख्खा नुनिला खानेकुरा, चिया, कफी, रक्सि आदि; कुनै पनि किसिमका गन्ध वा सुगन्ध; कामको थकान वा तनाब; दैनिक जीवनका चिन्तित तुल्याउने समस्याहरु (stress); (तापक्रम) चिसो, तातो, ओस्सिलो/मक्किएको बाताबरण र अन्य धेरै;

३. उपचार के के हुन् ?
टाउको दुख्ने समस्या मात्र छ भने शुरुमा आँखा जांच गर्दा बेस हुन्छ कसै-कसैलाई आँखाको कमजोरी वा आँखा सम्बन्धि अन्य समस्याले पनि टाउको दुखाउँछ l यदि आँखामा कुनै खराबी छैन भने migrane headache हो कि भनेर संका गर्न सकिन्छ l यदि टाउको दुख्ने समस्या संगै अचानक बिर्सने समस्या, शरीरको एक वा दुवै भाग (दायाँ बायाँ) का हात खुट्टा हल्का कम्जोर वा नचल्ने समस्या आदि देखिन थाल्यो भने तुरुन्त hospital दौडनु पर्छ ;

घरेलु उपचार : प्राय Chronic (लामो समय देखि भैरहेको) migraine का बिरामीलाई घरेलु उपचारले भेट्दैन l कसै-कसैलाई migraine जस्तै अन्य headache जस्तै tension headache (शारीरिक र मानसिक तनाब अनि आसन नराम्रो भएका कारण भएको headache) छ भने काम पनि गर्न सक्छ l सामान्यतय घरेलु उपचार यस्तो हुन्छ: पहिले migraine trigger पत्ता लगाउने र त्यस बाट बँच्ने (migraine trigger को बारेमा माथि लेखिएको छ); अंध्यारो, शान्त र चिसो (ओसिलो होइन) ठाउँमा गएर बस्ने; दुखेको भागमा ICE pack (रुमालमा ice/बरफ) राखेर सेक्ने; कसै-कसैले lavender oil, basil oil, mint oil (सन्चो) आदि प्रयोग गर्छन् l यो प्राय tension headache को लागि बढी उपयोगी हुन्छ; Meditation, Acupuncture र Massage ले पनि फाइदा गर्न सक्छ; yoga र ब्यामको पनि फाइदा छ तर यो migraine headache शुरु भैसकेपछि गर्दा झन् headache बल्झन सक्छ (यो प्राय tension headache को लागि बढी उपयोगी हुन्छ)

दोस्रो चरणको उपचार: माथिको घरेलु उपचारबाट भएन भने सामान्य खालको नदुख्ने औषधि (pain killer) जुन डाक्टरको prescription चाहिंदैन र सजिलै फार्मेसी (Over the Counter) मा उपलब्ध हुन्छ सोहि औषधिको प्रयोग गर्ने गरिन्छ l औषधिहरु: Ibuprofen, Acetaminophen/Paracetamol, Aspirin, Caffeine आदि
अथवा माथिकोले नभए, Ibuprofen + Acetaminophen/Paracetamol + Caffeine combo (सबै मिसिएर एउटा tablet मा बनेको)

तेस्रो चरणको उपचार: यहाँ दिइने सम्पूर्ण औषधिहरु डाक्टरको prescription नै चाहिन्छ l यी औषधिहरु डाक्टरले दिंदा तपाईंको उमेर, तपाईंमा भएका अन्य रोग, अन्य औषधिको प्रयोग, र शारीरिक अवस्था ध्यान दिएका हुन्छन् l मैले प्राय prescribe गर्ने हरु यस प्रकारका छन् l
* Topiramate : ( यो दिमाग संबन्धि अन्य रोग जस्तै seizure /छारे रोग आदिमा पनि प्रयोग गरिन्छ l यसले शरीरको तौल बढाउँदैन बरु घटाउन सक्छ)
* Atenolol र Propranolol: (यी औषधिहरु मुटु संबन्धि धेरै रोगहरुमा पनि प्रयोग गरिन्छ l BP high हुँदा, Anxiety वा अन्य कारण हातखुट्टा काँप्दा पनि प्रयोग गरिन्छ)
* Sumatriptan: (यो nasal spray को रुपमा पनि पाइन्छ)
* Valproic acid: (यो दिमाग संबन्धि अन्य रोग जस्तै bipolar (mania), seizure /छारे रोग आदिमा पनि प्रयोग गरिन्छ l कसै-कसैमा यसले शरीरको तौल बढाउन सक्छl यो औषधि नियमित प्रयोग गर्नेले नियमित कम्तिमा प्रत्येक ६ महिना रगत जंचाई रहनु पर्छ l)
* Butalbital + acetaminophen + caffeine को combo (सबै मिसिएर एउटा बनेको tablet )
* Amitryptyline, Nortryptyline (यी औषधिहरु depression, निदाउन नसक्ने समस्या, शरीर झमझम्याउने समस्या आदिमा पनि प्रयोग गरिन्छ)
* Ergotamine + Caffeine
– र अन्य धेरै

४. अन्य प्रश्नहरुका समग्र जवाफ : पूर्ण समाधान छैन? कसलाई देखाउने? के खाने-नखाने? उपचार गराउनै पर्छ? कसरी लाग्छ यो रोग?
-यो रोग chronic (दिर्घ) खाले हुन्छ l यसको कुनै छिटो समाधान छैन l कसै-कसैमा migraine headache शुरु भएको २०-३० बर्षमा आँफै कम भएर जान सक्छ l
– यदि तपाईंले औषधि खाँदा पनि कम भएको छैन भने पून सोहि डाक्टरकोमा जानुहोस् l तपाईंको औषधिको मात्रा बढाउनु पर्ने वा अन्य औषधि थप्नु पर्ने वा सम्पूर्ण नयाँ औषधिको प्रयोग गर्नु पर्ने हुन सक्छ l बारम्बार डाक्टर नफेर्नुहोस् l तपाईंको कुनै नयाँ लक्षणहरु नदेखिंदासम्म र डाक्टरले ति लक्षणहरुको समाधान खोज्दासम्म अन्य डाक्टरकोमा नजानुहोस् l
-यसको उपचार गर्न (मिल्छ भने सकेसम्म) neurologist वा psychiatrist को मा जानुहोस् तर कुनैपनि डाक्टरले यसको उपचार गर्ने खुबी राख्दछन् l
– यो रोगमा कुनै पनि स्वस्थकर खानेकुराको रोकावट छैन l यदि कुनै खाना नै migraine trigger हो भने त्यो बाट पर हुनु पर्छ l
-टाउको दुखाई बाहेक अन्य समस्या नभए, “बरु दुखाई सहन्छु तर यसको उपचार नगराई बस्छु” भन्नु हुन्छ भने migraine को उपचार नगराउँदा खासै केहि फरक नपर्न सक्छ तर ध्यान दिनुहोस् migraine जस्तै लक्षणहरु भएका अन्य पनि खतरनाक रोगहरु छन् l त्यस्तो निर्णय लिनु भन्दा पहिले डाक्टरको सल्लाह लिनुहोस् l
– सबै टाउको दुख्ने समस्या migraine नै हुँदैनन् l Migraine प्राय अचानक कुनैपनि समयमा आउने र केहि समय पछि जाने गर्छ र यो प्रक्रिया सालौं-साल चलिरहन्छ l दिन रात लामो समयसम्म लगातार दुख्ने समस्या भएमा त्यो migraine नहुन पनि सक्छ l
-कोहिले “ह्या त्यस्तो migraine त मलाई नि थियो; २-३ महिनामै च्वाट्टै भो l यो ठुलो कुरो होइनl” भन्यो भने बुझ्नुस् उसलाई तपाईंको पिडा बारे केहि थाहा छैन l
-यो रोग लाग्नुको मुख्य कारण ठ्याक्कै यहि हो भनेर अझैपनि पत्ता लागिसकेको छैन; थाहा पाएका दिन यसको पूर्ण निदानको उपाय पनि पत्ता लाग्ला l तर अहिले सम्म थाहा पाए अनुसार बिभिन्न कारणबश टाउकाको (माथि चित्रमा देखिएको) nerve endings बाट बिभिन्न neurochemicals हरु असामान्य रुपमा निस्कनु र ति nerve endings नजिकै भएका रक्त नलीलाई असर गर्नु (केहि समयको लागि रक्त नली ठुलो बनाउनु वा सुन्याई दिनु ) र उक्त रक्त नली सुकेर पुरानै अवस्थामा नाफर्कंदासम्म बिभिन्न लक्षणहरु देखा पर्छन् l

डा. कल्याण सुवेदीका अन्य स्वस्थ सम्बन्धि लेखहरु 

 


Loading comments...