Nabin Timalsina

सापेक्षताद्वारा चुम्बकत्वको व्याख्या


चुम्बकत्वमा हालसम्म प्रयोगमा रहेका विभिन्न नियमहरु तथा समिकरणहरु उन्नाइसौं शताब्दीमा सापक्षेताको सिद्धान्तको खोजी हुनु अघि भएको थियो। रिलेटीभिस्टिक लेन्थ कनट्र्याक्सन र भेलोसिटी एडीसिन जस्ता तथ्यहरु अज्ञात रहेको समयमा एउटा करेन्ट बहिरहेको तारको आसपास विद्युतिय क्षेत्र पैदा हुनसक्दछ र त्यसको असरले चार्जयुक्त कणहरु र तारको बिचमा विद्युतिय बल पैदा हुनसक्छ भन्ने कुराको जानकारी थिएन। यी अवस्थामा पैदा हुने बल र बलका दिशाका व्याख्या गर्नका लागि विभिन्न समिकरणहरु तथा हाते नियमहरु (Hand Rules) प्रयोगमा आउन थाले । यी समिकरणहरु अत्यन्त सफल हुनाको वावजुद विभिन्न हाते नियमहरुका कारणको तार्किक व्याख्या अहिलेसम्म हुन सकेको छैन। आधुनिक भौतिकशास्त्र अहिलेसम्म यो कुरामा पुर्ण रुपमा चुकेको छ । सायद कुनैपनि विश्वविद्यालयमा यी हाते नियमका कारणहरु पढाइ हुंदैनन्।

युट्युबमा सापेक्षताको सिद्धान्तबाट चुम्बकत्वको व्याख्या गर्न सकिन्छ भन्ने भिडियो कतै फेला पारें र यसैमा गहनरुपमा अध्ययनमा लागें। मैले रिलेटीभिस्टिक लेन्थ कनट्र्याक्सन र भेलोसिटी एडीसिनको प्रयोग गरेर करेन्ट प्रवाह भईरहेको तारको नजिक एउटा चार्जयुक्त कणले महसुस गर्ने विद्युतिय बलको समिकरण निकाल्न सफल भएँ। र यसरी हेर्दा यो समिकरण त चुम्बकत्वको समिकरण भएको पाएँ। अझ मेरो सफलता के हो भने बलको दिशा थाहा पाउन कुनै हाते नियमका प्रयोग गर्दै हात बटार्नुपर्ने जरुरत नै थिएन। यसैबाट Biot-Savart Law का समिकरणहरु प्राप्त भएँ।

मैले अन्य थुप्रै अवस्थाका गणितिय समिकरणहरु पनि निकालें। यी समिकरणहरुको प्रयोग गरेर फ्लेमिङका दायाँ र बायाँ हातको नियम अत्यन्त सरलताका साथ व्याख्या गर्न सफल भएँ जुन काममा अहिलेसम्मको भौतिक विज्ञान चुकेको छ। यसका साथै मैले सुपरकन्डक्टरमा हुने म्याग्नेटिक लेभिटेसनको पनि आफ्नै तरिकाले व्याख्या गर्ने प्रयास गरेको छु। मैले Lorentz’s Force Lawsमा देखाइने चुम्बकिय बल पनि सापेक्षताको नजरमा विद्युतिय बल नै हो भनेर गणितिय रुपमा देखाउन सफल भएँ।

मैले के निष्कर्ष निकालें भने Classical Electrodynamicsले जुन बललाइ चुम्बकिय बल भन्दछ त्यो बल Relativistic Electrodynamicsको नजरमा विद्युतिय बल नै हो र चुम्बकिय बलको अलग अस्तित्व नै हुंदैन । सायद म्याक्सवेलका सारा जसो समिकरणहरु बेकार साबित हुन सक्ने मेरो दावी छ। यसका साथै Radiation भनेको केवल Non-mechanical wave हो जसको गति प्रकाशको गतिसँग बराबर हुन्छ तर यसलाइ Electromagnetic हुनु पर्ने कुनै जरुरी नै छैन। यसका साथै Electromagnetic Forceलाई केवल Electric Force मात्र किन नभन्ने भन्ने मेरो प्रस्ताव हो।

मैले मेरो अनुसन्धानलाइ “सापेक्षताद्वारा चुम्बकत्वको व्याख्या” भन्ने पुस्तकको रुप दिएको छु। मेरो अनुसन्धानका कतिपय कुराहरु अघि नै अनुसन्धान भइसकेर मलाई थाहा नभएको हुन सक्ने सम्भावना पनि छ। तर जे भएपनि मेरो अनुसन्धानले भौतिकशास्त्रमा ठूलो योगदान दिन सक्दछ भन्ने मेरो आशा छ। नेपालका अरु युवा विज्ञानप्रेमीहरुले पनि यहि क्षेत्रमा अनुसन्धान गरेमा थप सफलताहरु प्राप्त गर्नसक्ने मलाई विस्वास छ।

मेरो रिसर्च हेर्न तलको लिंक मार्फत जान सक्नुहुनेछ

https://bit.ly/2TTUiAq


Loading comments...