Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार
Swami vivekanada

स्वामी विवेकानन्दका प्रेरक प्रसंगहरु

५ फाल्गुन २०७५, आईतवार ०७:३०


एकपटक विवेकानन्द काशीको एउटा साँघुरो गल्लीमा हिडिरहेका थिए । बाटोमा बाँदरको एक हुलसँग उनको जम्काभेट भयो । उनी डराएर फर्किन थाले । उनी भाग्न लागेको देखेर बाँदरको झुण्ड झन् उनीमाथी खनिन थाल्यो । बाँदरहरूले उनको कपडा च्यात्ने र हिर्काउने गर्न थाले । उनको यस्तो दुर्दशा देखेपछी छेउको घरबाट एकजना मानिस निस्किए र भने ‘ए बाबु नभाग, बरू निडर भएर तिनीहरू तिर अघि बढ ।’ विवेकानन्दले त्यसै गरे, उनी छाती फुलाएर अघि बढे । सारा बादँर पर पर भागे । आक्रमण गर्ने प्रयत्न गर्थे तर सकेनन् ।
पछी विवेकानन्दले यो घट्ना स्मरण गर्दै भनेका थिए, ‘प्रतीकूल स्थिती आए, बाधाहरू आए भने डराएर भाग्नु हुदैन, बरू छाती फुलाएर दृढ निश्चयले अगाडि बढ्नु पर्छ । यसरी नै तिनीहरूबाट पार पाइनुका साथै सफलता हासिल हुनसक्छ ।’

उनी जापानको पसलबास्वामी विवेकानन्द आफ्नो जापान भ्रमणको एउटा अविष्मरणिय क्षणको बारेमा बताउछन् : केही स्याउहरू किनेर फर्किनै लाग्दा एउटा सानो केटो अगाडी उभिन्छ र भन्छ, ‘त्यो स्याउ मलाई दिनुस्, म सँग धेरै पैसा त छैन तर पनि म तपाईलाई परेको मोल चुकाउछु ।’ विवेकानन्द आश्चर्य पर्दै सोध्छन् ‘किन वावु ?’

केटोले जवाफ दिन्छ, ‘त्यो साहुजीले स्याउ हाल्दा केही बिग्रिएको स्याउ पनि हालेको छ, तपाई हाम्रो देशको पाहुना हो, भोली तपाई आफ्नो देश गएर भन्नुहुनेछ जापानीहरू ठग हुँदोरहेछ । म यसो हुन दिन्न, यसैले कृपया त्यो स्याउ मलाई बेच्नै पर्दछ ।’

विवेकान्दले भने, ‘होइन बावु म त्यसो भन्नेछैन, बरू भन्नेछु जापानका साना बच्चाहरू समेत राष्ट्रभक्त हुदाँरहेछन् ।’

स्रोत : प्रेरक भनाइहरू

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

काठमाडौँ, १७ पुस  : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने

काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व

भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै