Lifestyle Portal
  •   ११ असार २०७८, शुक्रबार

अस्ताउँदो सूर्यलार्इ अर्घ्य दिंदै यस्तो रह्यो वीरगञ्जको छठ

२७ कार्तिक २०७५, मंगलवार १३:२१

प्रकृतिले पृथ्वीलाई दुलही झैं सजाएको छ । यता धानका बालाहरु पहेँलै भएका छन्, यता मौसमले अब केही चिस्यान अनि हावामा केही सिरेटोहरु मिसिन थालेको अनुभव छ ।

दशैंमा घर सफा गरियो, तिहारमा आँगन अनि छरछिमेक सफा गरियो अनि अब जलाशय र मन सफा गर्ने बेला आयो, यसवर्षको छठ पर्वमा छठी माईले सबैको रक्षा गर्नुहोस् ।

छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।

तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपालीभूमी पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलार्इ दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अथवा ‘नहार्इ खाय’, दोश्रो दिनलाई ‘खर्ना’ भनिन्छ, तेश्रो दिनलाई ‘सँझिया अर्घ्य’ छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई ‘विहनीया अर्घ्य’ पारण भनिन्छ ।

तेश्रो दिन ‘सँझियाघाट’ अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिनेगर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ ।

आजको यस बिशेष फोटोकथामा हामी छठको साँझ वीरगञ्जबाट केहि जीवित तस्वीरहरु लिएर उपस्थित भएका छौं । सँझियाघाटको रौनकलाई यी तस्वीरहरु वर्णन गरिरहेका जस्तो देखिन्छ । घडिअर्वा पोखरी घाटबाट यि तस्विरहरु लाईभमाण्डुका लागि मनिष पौडेलले खिचेर पठाउनुभएको छ ।

झिलमिल झिलमिल भएका जलाशयहरु अनि भक्तजनको भींड, सूर्यको उपासना अनि पवित्रताको उत्सर्ग, छठ वास्तवमै अदभूत छ । तराई क्षेत्रमा बिशेष मनाइने भनिएको यस पर्व अहिले नेपालको हरेक भौगोलिक क्षेत्रमा उत्तिकै प्रचलीत छ ।

वर्षभरिका दु:ख कष्टलाई निवारण गर्न अनि कुनै बाधा, अड्चन या समस्या भएमा छठी माताको भाकल राखेमा जिवीत देवीले सम्पूर्ण मनोकामना पुरा गरेका दृष्टान्तहरु सर्वत्र छ । आज बिरगंजमा मात्र नभई सम्पूर्ण तराई, पहाड अनि हिमालमा एउटै मन्त्र जोडजोडले उच्चारण गरिरहिएको छ । छठी माताकी जय !



तस्बिरहरुः मनिष पौडेल

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।