भारतीय मिडियामा नेपाली प्रधानमन्त्री


केहि दिनअघि जम्मुकश्मिरमा आतकंवादी हमलामा ४० जना भन्दा बढि भारतीय सुरक्षाकर्मीहरुको मृत्यु भएको छ । सन् २०१९ को चुनावी माहौलमा तातिरहेको भारतमा अहिले यो आक्रमण अनि जनधनको क्षती साथै राष्ट्रिय स्वाभिमानका कुराहरु जोडतोडले उठिरहेका छन् । भारतपाक युद्धको संभावना हो त ? भन्ने धेरै अड्कलवाजीहरु काटिने क्रम छ तथापि विश्वका शक्तिशाली आणविक हतियार हितका देशहरुमा भएका पहिलेका युद्धहरुले युद्धको नमिठो स्वाद र भारी मुल्यको अनुभव दुबै देशलाई राम्रै भएको हुनाले सहजै युद्धको संभावना नभएको पनि बिष्लेषकहरु लेख्दछन् ।

भारतीय सञ्चारमाध्यमहरुमा यस आतकंवादी हमला भएको बिहिबारका दिन रातीदेखि नै यस हमला र यसको समिक्षामा निकै कुराहरु हुनथाल्यो । यसपाला नेपाली प्रधानमन्त्री ओलीको बक्तव्य र भारतीय जनताप्रतिको सहृदयताको भारतीय सञ्चारमाध्यमले निकै प्रार्थमिक्ताका साथ प्रसारण गरे । भारतीय मिडियामा क्रिकेट गेम र यस्ता राष्ट्रिय स्वाभिमानको मुद्धाको समयमा धेरै दर्शकहरु हुने टिआरपी सर्वेक्षणले देखाएको छ, यस हिसाबले यिनै समाचारहरुको हेडलाइनको मुनीतर्फ नेपालको प्रधानमन्त्रीको धारणा पनि प्रार्थमिक्ताका साथ बिभिन्न टिभी च्यानलले प्रसारण गर्नु नेपाल भारत समन्वय र साथको एउटा नयाँ दृष्टान्त हो त ?

बिशेषत भारतको सर्वाधिक लोकप्रीय टिभी मध्यको एउटा जी टिभी नेटवर्कले नेपाली प्रमको बक्तव्यलाई बिशेष प्रार्थमिक्ताका साथ देखाएको पाइयो ।
केहि तस्विरहरु लाइभमाण्डु मा ।


Loading comments...