india pakistan flag

पाकिस्तान विरुद्ध भारतका बिकल्पहरु


भारतको जनरल चुनाव अब केहि महिनाको मात्र प्रतिक्षामा छ । प्रधानमन्त्री नरेन्द्र मोदी अहिले भारतीय पारामिलेट्रीहरुमाथि गरिएको आत्मघाती हमलाको प्रतिशोध लिन र पाकिस्तानलाई तह लगाउने भन्ने एउटा राष्ट्रिय प्रेसरको जवाफदेहिता वहन गरिरहेका छन् । यस आत्मघाती हमलामा ४२ जना पारालिलिटरीको बिभत्य हत्या भएको हो ।

भारतले अहिलेसम्मका सम्पूर्ण सिमाका आतंकवादी हमलाहरुमा पाकिस्तानको संलग्नता भएको जनाँउदै आएको छ । तर पाकिस्तानले भनें यस कुराको सदैव असहमती र निन्दा गर्दै आएको छ भनी अलजजिराले लेखेको छ ।

सम्पूर्ण भारत नै पाकिस्तानलाई तह लगाउनुपर्छ भनेर कराइरहेको अवस्थामा अब आउने चुनावमा पनि भाजपाको साख जोगाउन अबको प्रधानमन्त्रीको कदममा भर पर्नेछ । यस संवेदनशील अवस्थामा अब प्रधानमन्त्री मोदीको पोल्टोमा के के बिकल्पहरु छन् त भन्ने विषयमा अलजजिराको यो आलेख आज नेपालीमा उल्था गर्दैछौं ।

बिकल्प १ः कुटनैतिक रुपमा एक्लोपार्ने
भारतको विश्व अर्थतन्त्र र कुटनितीमा भएको प्रभावलाई प्रयोग गर्दै पाकिस्तानलाई एक्लो पार्ने र कुटनैतिक रुपमै पाकिस्तानलाई घुँडा टेकाउने एउटा बिकल्प हुन सक्दछ भनी अलजजिरा लेख्दछ । तथापी यसका लागि पाकिस्तानको भारत विरुद्ध हुने आतंकवादी हमलामा भएको प्रत्यक्ष संलग्नताका प्रमाणहरु भारतलाई आवश्यक पर्नेछ । भारतको आरोपका आधारमा मात्र पाकिस्तानलाई एक्ल्याउन भनें नसकिने प्रष्ट छ । ग्रेटर कश्मिर नामक पत्रिकाले भनें दाबीका साथ पाकिस्तानमा जश्ने मोहम्मद संगठनको मुख्यालय भएको लेखेको छ, जश्ने मोहम्मद त्यही संगठन हो जस्ले अस्ति भएको बिभत्स आक्रमणको जिम्मा लिएको छ । गत शुक्रवार भारतको परराष्ट्र मन्त्रालयमा भएको ब्रिफमा भारतीय परराष्ट्रविधहरुले असअघि राष्ट्रसंघको जश्ने मोहम्मदका मसुद अजहरलाई सूचीकृत आतंकवादी घोषणा गरौं भन्ने निर्णयलाई दिल्लीमा आधारित अन्य देशका दुतावासहरु जस्तै चीन लगायतले नमानेको बताएका छन् ।

यसका साथै भारतले यसै ब्रिफमार्फत पाकिस्तानलाई तत्कालै आतंकवाद विरुद्ध खरो कदम चाल्दै आतंकवाद विहिन समाज निर्माणमा उस्को भूमिका फेरि सम्झाउन चाहेको बताएको छ । उता पाकिस्तानकी विदेश मन्त्रालयकी सचिव तेहमीना जनुजाले भारतले यस आक्रमण आफ्नै षडयन्त्रमा गराएको र अन्तराष्ट्रिय सहानुभूति र ध्यान मानव अधिकारको हननका रुपमा तान्दै पाकिस्तानलाई बदनाम गर्न खोजेको षडयन्त्र भएको बताएकी छिन् ।

बिकल्प २ः मिलिटरी हमला
सन् २०१६ को भारतीय आर्मी क्याम्पमा भएको आक्रमणमा १९ सैनिक मारिएका थिए र त्यसको प्रतिशोध भारतीय सेनाले सर्जिकल एटाकका रुपमा गरेको थियो । भर्खरै सत्तामा आएको मोदी सरकारको सर्जिकल एटाक निकै चर्चाम रहेको थियो । यसैवखत पाकिस्तानले भनें भारतले आफ्नो भूमिमा आतंकवाद लन्च प्याड चलाएको आरोप लगाएको थियो । यो शितयूद्ध पछिल्ला दशकहरु देखि कायम नै छ । ईस्लामावादले आफ्ना २ सैनिक भारतीय कारवाहीमा मारिएको त्यसै वखत जनाएको थियो ।
तर अहिलेको आक्रमणलाई भारतको इतिहासमै सर्वाधिक ठूलो सिमा आक्रमण र जनको क्षती मानिएको छ । प्रधानमन्त्री मोदीले त सेनालाई आफ्नो क्षमता र बिवेकले कदम लिन समेत मनेका छन्, परिस्थिती संवेदनशील छ । उता टाइम्स अफ इण्डियाले आइतवार लेखेको छ जस्मा सैन्य हमलामा दुई आणविक देशहरुको आणविक हतियारको प्रयोगमा छोटो दुरिका क्षेप्यास्त्र देखि लामो दुरिका एयर स्ट्राइक सम्मको संभवना उजागर गरिदिएको छ ।

पाकिस्तानका लागि भारतका पूर्व कमिश्नर जी पार्थाशास्त्रीले संभावित हतियार र सैन्य रणनिती सार्वजनिक गर्ने कुरा हैन भनी वक्तव्य पनि जारी गरेका छन् । पाकिस्तानले मुल्य चुकाँउछ भन्ने कुरामा सबैलाई विश्वस्त रहन उनले आग्रह गरेका छन् । उता सिकागो विश्वविधालयका राजनैतिक शास्त्रका प्रोफेसर पल स्टानिल्याल्डले अब पाकिस्तानका सैन्य संरचनाहरु भारतको आक्रमणको तयारीमा रहेको संभावना जनाँउदै भारत पनि भारी आक्रमणको तयारीमा रहेको हुसनसक्ने संभावना जनाएको छ ।

बिकल्प ३ः घरायशी दबाब
चुनाव अघिको राजनैतिक सरगर्मीमा भारतको सरकारको पाकिस्तानको बिरोधमा भएका कदमहरु निर्णायक रहन्छन् भन्ने बताइन्छ । भाजपाको घट्दो साख अनि राष्ट्रियताको धारमा जातियतावाट अघि बढ्ने कडिपनि यहि घटनाको प्रतिउत्तर हुने बताइन्छ ।
भारतको जनताको मुड आक्रमण गरेर उत्तर दिने कुरामा रहेको र अवस्थामा भारतीय सरकार पनि चौतर्फी दबाबमा रहेको प्रष्ट हुन्छ भनी इन्दिरा गान्धी विश्वविधालयका अन्तराष्ट्रिय अध्ययन मामिलाका प्राध्यापक अमिताब म्याटु बताँउदछन् ।
मोदी अहिले निकै तनावमा छन् र हुन त भारतीय सैन्यदस्ताहरु निकै सक्षम त छन् तर आणविक रुपमा शक्तिशाली दुबै देशहरु बिचको यूद्धले निकै मुल्य चुकाउने र विश्व नै ध्रुविकृत हुने संभावना पनि नकार्न नसकिने आवाजहरु सुनिन थालेका छन् ।

अब हेरौं आँउदा दिनमा के के हुनेछन् । आतंकवादका श्रृखलामा पाकिस्तानलाई सदैव भारतले मुछेपनि पाकिस्तानको यस्म भएको संलग्नता के साँच्चै यर्थाथपरक छ त?
विश्वले यि दुई देशको मैत्रीपूर्ण अवस्था र शितयूद्धको अन्त र दक्षिण एसियामा अमन चैन देख्न कहिले पाउने हो त ?
प्रश्न अनुत्तरित छ ।

लाइभमाण्डु

भारतीय मिडियामा नेपाली प्रधानमन्त्री


Loading comments...