india pakistan flag

भारतपाक तनाबमा पाकिस्तानको जवाफ


दक्षिण एसियाको सर्वाधिक चर्चा अनि बैमनस्यताको कडि बोकेर दुइवटा शक्तिशाली र आणविक हतियारले लैस देशहरु भारत पाकिस्तान सदैव आरोप प्रत्यारोपको श्रृखलामा रहन्छन् । बेलायती साम्राज्यको भारतीय उपमहाद्धीपमा भएको प्रत्यक्ष उपनिबेशवादको अन्त संगै भारत र पाकिस्तानको बिभाजन, पाकिस्तान र पूर्वि पाकिस्तान हालो बंगलादेशको बिभाजनले एउटा युगान्तकारी पीडा अनि सधैं बल्झिने घाउ दिएर गएको छ । दक्षिण एसियाको सहकारी संगठन सार्कको समन्वयको सबैभन्दा ठूलो कठिनाई भारतपाक बिवाद भएकोले अपेक्षाकृत प्रभवकारीतामा सार्क निकै कम छ, एकातर्फ ध्रुविकरणको संभावना अनि अर्कोतर्फ युद्धको प्रत्यक्ष अनि परोक्ष प्रभावले छिमेकी राष्ट्रहरुको पनि धेरै कुराहरुमा असर गरेको छ ।

भर्खरै भएको आतंकवादी हमलामा भारतका ४२ जना सिपाहीको मृत्यु अनि भारतीयपक्षको पाकिस्तान बिरोधी कडा प्रतिशोधको बक्तब्यसंगै भारतपाक बिवाद तनावमा छ । विश्वकै सबैभन्दा संवेशदनशील मध्य एउटा सिमा एलओसी कार्गिल अब इतिहासकै सर्वाधिक संवेदनशीलता र बिवादको कठघरामा उभिएको छ । गत वर्ष अगस्तमा क्रिकेटर इमरान खान पाकिस्तानका प्रधानमन्त्री भएलगतै भारतपाक सिमा बिवाद र समबन्धमा निकै सुधार आउने बिश्लेषण धेरैको थियो तर यो सत्य हुन सकेन् । इमरान खानले भारतले पाकिस्तानसंगको समबन्ध सुधारका लागि लिएका हरेक एक कदमको प्रत्युक्तर आफु दुई कदम अघि बढेर र्मैत्रीपूर्ण जवाफले दिने बताइरहँदा यर्थाथमा निकै तिक्तता बढि नै रहेको थियो ।

इमरान खानले दिएको बक्तव्य र मोदीको मैत्रीपूर्ण दर्शनको कुनै झलक भारतपाक समबन्धले देख्न पाएन । भर्खरै मात्र पाकिस्तानमा जाने पन्जावी दर्शनार्थीका लागि पाकिस्तानी क्षेत्रमा शीखको धार्मिक मन्दिर खोल्ने प्रस्ताव देखि संयूक्त राष्ट्र संघमा दुबै देशको बिदेश मन्त्रीहरुको भेटवार्ताको प्रस्ताव सम्म निकै आशालाग्दो भएतापनि पछि बिदेशमन्त्रीस्तरिय भेटवार्ता नभएको कुरामा दुबै देशले एकअर्काको आलोचना पनि गरे । भारतले पाकिस्तानबाट कुनै रचनात्मक कदम नभएको जनाँउदा पाकिस्तानबाट पनि त्यस्तै आरोप सुनिएको पाइन्छ ।

उता पाकिस्तानकी बिदेश मन्त्रालयकी सचिव तेहमीना जनुजाले भारतले यस आक्रमण आफ्नै षडयन्त्रमा गराएको र अन्तराष्ट्रिय सहानुभुति र ध्यान मानव अधिकारको हननका रुपमा तान्दै पाकिस्तानलाई बदनाम गर्न खोजेको षडयन्त्र भएको बताएकी छिन् ।
भारतले पाकिस्तानलाई एमएफएन देशको सूचीबाट पनि हटाएको बताइन्छ । पाकिस्तानी प्रधानमन्त्रीका वाणिज्य सल्लाहकार अब्दुल रजकले पाकिस्तानले कुनै भावनात्मक निर्णय नगर्ने बताएका छन् । यस एमएपएन सुचीबाट हटाइए पछि पाकिस्तानको भारत निर्यातमा निकै नकारात्मक असर पर्ने हुन्छ, यो रमक लगभग ३४८३ करोडको हाराहारीमा पाकिस्तानलाई ब्यापार घाटा हुने देखिन्छ तथापी पाकिस्तान श्रोतले भनें यसले आफुलाई नगन्य असर पर्ने बताएको छ । तर यस्तो नकारात्मक असर पर्ने क्रियामा पाकिस्तान आँफै भारतलाई किन रिसाउने माहौल बनाँउछ भन्ने प्रश्न पनि जायज मानिएको छ ? एमएफएनबाट सदस्य राष्ट्रलाई एउटा देश आँफैले मात्र हटाउन भने सक्दैनन भन्ने डब्लु टी ओ को प्रावधान छ । अब हेरौं भारत र पाकिस्तानको समबन्ध कहाँ पुग्नेछ ? के पाकिस्तानको भारतबिरोधी आतंकवादमा साँच्चै हात छ ?
कि आतंकवादी संगठनले नै भारत पाकिस्तान समबन्ध बिगार्न भुमिका खेलेका छन् ?

लाइभमाण्डु


Loading comments...