जब गीतहरुमा सरकारले बन्देज लगाउँदछ


कहिलेकाँही लाग्छ कि सरकारले यति जाबो त सहेको भएपनि हुन्थ्यो भनेंर, कुरा गरौं अहिलेको ताजा अनि तातो बिषय पशुपती शर्माको गीतलाई सरकारले लगाएको बन्देजको । भारतमा सन् १९८१ ताका बेलायती लेखक सलमान रुसदीको भारतको उपनीवेशवादको समय अनि स्वतन्त्रताका कुराहरु समेटिएको उपन्यास मिडनाइट्स चिल्ड्रेन भारत सरकारले ब्यान गर्यो । यो किस्सा आज नेपालसंग जोडेर हेर्दा कहिँकतै उस्तै उस्तै लाग्छ, आज नेपालको दुईतिहाई सरकारको गीतप्रतिको दिलचस्पी तत्कालिन भारतीय सरकारसंग जोडेर हेर्दै सामाजिक सञ्जालमा निकै कुराहरु उठिरहेको छ ।

एउटा देशले गीत या पुस्तकलाई किन बन्देज लगाँउछ त ? राणाकालमा मकैको खेती पुस्तक लेखेर देश निकाला भएका लेखकको कथा आज नेपालमा फेरि सयौं वर्षपछि दोहोरिँदै छ । आधुनिक नेपालको समावेशी आवाज र सर्वाहाराको हितका लागि हजारौंको आहुती दिएर गएको पार्टीको पनि सहभागीता भएको सरकारमा यो रवैया देख्दा अब नेपाल फेरि एकतन्त्रीय गणतन्त्रात्मक संघीयतामा गएको भान धेरैलाई भएको छ । त्यो दिन शायद पर छैन जब अब गीतका बोलहरु पनि कुनै सरकारी दफ्तरमा चेकजाँच गरिनेछन् अनि मात्र रेकर्ड गर्न पाइन्छ ।

पञ्चायतकालमा रेडियोका समाचार झैं हरेक दिन बिकास अनि निर्माणका कुरा सरकारी भाषण अनि चलनमा देखिएपनि भाषणको साकारोक्तिमा भनें सरकार उति संवेदनशील नभएको आरोप जनमानसको छ । पञ्चायतकालका जनवादी गीतहरुमा भएको प्रतिबन्ध आज फेरि नेपालमा दोहोरिएको छ , पशुपती शर्माको गीतमा पनि जनवादी झल्को पाइएको छ तर बिडम्बना त्यो गीत हटाउन लगाइयो ।
सन् १९६९ मा अमेरिकाको स्पेश मिशन बहुतै चर्चाम हुँदा डेबिड बोईले लेखेको स्पेश ओडिसी गीतमाथि अमेरिकी सरकारले प्रतिबन्ध लगाएको थियो । एउटा हराएको स्पेशयात्रिको कथा रहेको यस गीतलाई अमेरिकी सरकारले चन्द्रमा मिशनको अपहेलना भन्दै रोक लगायो । पछि जब स्पेश मिसन सफल भयो तब गीत पनि प्रतिबन्ध बाहिर गरियो अनि यो डेबिड बोइको करियर परिवर्तन गर्ने हिट बन्न पुग्यो । डेबिड बोइले पनि सन् २०१६ मा सदाका लागि यस धर्तीबाट बिदा मागिसके ।

किन गीत प्रतिबन्ध गरिन्छ ?

पशुपती शर्माको गीतमा अश्लिल कुरा थियो या थिएन ? पक्का थिएन यो त एउटा ब्यगं समावेश भएको गीत थियो । कतै चोरको खुटो काट भन्दा चोरले डराएर खुटो हटाए झैं यो गीतपनि सरकारलाई निकै बिझेको र झस्किएको त हैन ?

सन् १९९३ मा अमेरिकी लेखक लुईस लरी को द गिभर केहि अमेरिकी स्टेट सरकारले ब्यान गर्यो र कारण थियो यस पुस्तकले पैरवी गर्ने स्वमृत्युका कुराहरु ले । तर ति बन्देजहरुले कहिँकतै कला अनि साहित्य बन्द हुन सकेनन । नेपाली सरकारले यो कलामा लगाउन खोजेको प्रतिबन्ध निरंकुश छ, हाम्रो ऐमाले राम्रो ऐमाले गीत चारैतिर घन्किदाँ सरकारको कान मदहोश हुन्छ भनें सरकारले पशुपती शर्माको गीतको तह सम्म पनि सुन्न र सहन गर्न सक्नुपर्दछ ।

रोटी र पानीका अलावा मानवलाई चाहिने महत्वपूर्ण खुराकमा कला र साहित्य पनि पर्दछन् । मानवता र समानताको वकालत कला र साहित्यले जति अरु केहि ले गर्दैनन् । गीतलाई प्रतिबन्ध लगाएर बिकास हुन्छ ? सरकारले भजन र भक्ति खोजेको छ या आवाजहरुको पनि सुनुवाई गर्दछ ? पशुपतीको गीतले अब आउने अर्को चुनाव अघिका केहि वर्ष नेपालमा राजनिती मात्र नभई कला क्षेत्रलाई पनि सकस पर्ने छ भन्ने प्रष्ट पार्दछ ।

यो पनि पढ्नुहोस् 


Loading comments...