Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

महानायक राजेश हमालले सम्झे पिता डा. चुँडा बहादुर हमाललाई

५ फाल्गुन २०७५, आईतवार २२:३४


नेपाली सिल्भर स्क्रिनमा छाइरहेको ब्रिटिस रियालिटी शो फ्रेन्चाइज Who Will Be A Millionaire को नेपाली संस्करण को बन्छ करोडपतिको छैठौं कार्यक्रमका दौरान शोका होस्ट तथा नेपाली चलचित्रका महानायक राजेश हमालले झापाकी प्रतियोगी बिमला भट्टराई दाहालको अविष्मरणीय क्षणबारे भिडियो हेर्दैगर्दा विहेको माहोलमा हृदयघातका कारण बित्नुभएको आमाको घट्नाले २४ वर्ष अघि हमालका पिता डा. चुँडा बहादुर हमाल पाकिस्तानमा राजदूत छँदा हृदयघातबाट भएको दुःखद् मृत्युको घट्ना सम्झिनुभयो ।

२४ वर्ष अघि भएको उक्त घटनामा पाकिस्तानका लागि तात्कालिन नेपाली राजदूत तथा महानायकका ५६ वर्षिय पिता डा. चुँडा बहादुर हमालले पाकिस्तानी राष्ट्रपति गुलाम इश्क खानलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएर फर्किदैंगर्दा आफू सवार गाडीमैं हृदयघातका कारण भएको मृत्यूको घटना तपाईंको आमाको घट्नासंग मेल खाने भएको भएको कारण अचानक सम्झिएको कुरा शोमा अभिव्यक्त गर्नुभएको थियो ।

स्मरणीय रहोस् स्व. डा. चुँडा बहादुर हमालले पाकिस्तानमा राजदूतको जिम्मेवारी सम्हाल्नुअघि रसियाका लागि नेपाली राजदूतको कार्यभार सम्भाली सक्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत