india pakistan flag

किन भारतीय प्रतिनिधीले पाकिस्तानी प्रतिनिधिसंग हात मिलाएनन ?


इण्डिया टुडेको समाचार हो यो ।
नेदरल्याण्डको हेगमा रहेको अन्तरािष्ट्रय न्यायलयमा अहिले भारत पाकिस्तान बिचको एउटा मुद्धा कुलभुसन यादवको केसमा सुनुवाई भइरहेको छ । भारतीय बिदेश मन्त्रालयका प्रवक्ता दिपक मित्तल र पाकिस्तानी एजी अनवर मसुर आआफ्नो देशको त्यस सुनुवाईमा प्रतिनिधित्व गर्दै छन् । फेब्रुअरी १८को सुनुवाईमा पाकिस्तानी समकक्षी मसुरले भारतीय समकक्षीसंग हात मिलाउन खोज्दा भारतीय प्रतिनिधि दिपक मित्तलले नमस्ते गरेर फर्काए, जस्लाई भारतीय सञ्चार माध्यमहरुले महत्वकासाथ भारतीयउ कुटनैतिक दायराबाट पाकिस्तानी सदभाव निकालिएको बिम्बका रुपमा ब्यक्त गरेका छन् । कलाकार देखि कुटनितिसम्म भारतले पाकिस्तानको बिरोध र तिरस्कार गर्न थालेको छ ।

सन् २०१७ को अप्रिलमा भारतीय नागरीक कुलभुषन यादवलाई पाकिस्तानले आतंकवादी करार दिँदै जेल चलान गरि मृत्युदण्ड सुनाएको हो । यस बिषयको मुद्धा अहिले अन्तराष्ट्रिय न्यायलयमा पुगेको छ । ४८ वर्षका यादवलाई ईरानबाट पाकिस्तान छिरेको आरोपका साथ पाकिस्तानले वलोचिस्तानबाट सन् २०१६ मा पक्राउ गरेको बताइन्छ । हेरौं यस मुद्धा र भारतपाक विवाद अब कहाँसम्म चुलिने हो ?

लाइभमाण्डु

 


Loading comments...